सलिना गुरुङ्ग/गोरखा
मंसिर २९ गते । उत्तरी क्षेत्रमा रहेको स्कुले बालबालिकाहरुलाई ज्याकेट वितरण गरीएको छ ।
चिसो बढदै गए पछि पोखरामा रहेको कर्म फाउन्डेसनले उत्तरी गोरखाका ७ बिद्यालयका ४ सय ९२ बिद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । चिसोका कारण बिद्यार्थीहरुको पढाईमा असर नगरोस भनेर ज्याकेट वितरण गरीएको फाउनन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवरले जानकारी दिएको छ ।

६ लाख मुल्य बरावरका ति ज्याकेट बारपाक सुलिकोट गाउँ पालिका भित्र रहेको ७ बिद्यालयमा वितरण गरीएको थियो ।
फाउन्डेसनले केही साता भित्रै धार्चे र चुमनुब्रीमा अध्ययन गर्ने सबै बिद्यार्थीहरुलाई समेत ज्याकेट वितरण गर्ने योजना रहेको निर्देशक कुवरले बताएँ ।


