×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दरबन्दी अनुसार स्वास्थ्यकर्मी खटाउ : पाण्डे

  •  
  • बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    राज्यले अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक खटाउनु पर्ने राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् । बुधबार आँपपिपल अस्पतालको भवन उद्घाटन गर्दै उनले स्वास्थ्य सस्थालाई स्रोत साधनले भरिपुर्ण बनाउने पर्नेमा जोड दिए । ‘दरबन्दी छ तर डाक्टर छैन अनि नागरिकले कसरी सेवा पाउँछन ?’ उनले भने ‘राज्यले गाउँगाउँका सबै स्वास्थ्य सस्थामा दरबन्दी अनुसारको चिकित्सक खटाउनु पर्छ ।’ विशेषज्ञ २ जना डाक्टर सहित १७ जनाको सरकारी दरबन्दी रहेको उक्त अस्पतालमा अधिकाशं पद रिक्त छन् । ‘मैले मन्त्रीलाई भनेर हुन्छ, मन्त्रालयमा समन्वय गरेर हुन्छ वा सदन कुरा उठाएर हुन्छ’ उनले भने ‘दरबन्दी अनुसार डाक्टर र अन्य स्वास्थ्यकर्मी खटाउन पहल गर्छु ।’ दरबन्दी अनुसारका स्वास्थ्यकर्मी उपलब्ध नभएपछि साबिकको अस्पताल बिकास समितिले करारमा डाक्टर एवं स्वास्थ्यकर्मी नियुक्त गरी सेवा दिइरहेको छ । अहिले अस्पतालमा एक जना विषेशज्ञ, एक जना डाक्टर सहित अन्य कर्मचारी र स्वास्थ्यकर्मी गरी ५१ जना कार्यरत छन् ।


    केही वर्ष अघिसम्म आँपपिपल अस्पताल नेपालकै उत्कृष्ट रहेको प्रशङ्ग जोड्दै नेपाली काँग्रेसका युवा नेता समेत रहेका पाण्डेले अस्पतालको सेवा खस्किनबाट रोक्नु पर्ने बताए । सोको लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्नुका साथै भरपर्दो सडक सञ्जालले अस्पताललाई जोड्नु पर्ने उनको भनाई छ । सोही अनुरुप सभा चौताराबाट अस्पताल सम्मको सडक स्तरउन्नतीका लागि केन्द्र सरकारसँग पहल गर्ने नेता पाण्डेले प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताललाई ५० शैयामा रुपान्तरण गरी मेडिकल कलेज सञ्चालन गर्न उनले प्रस्ताव समेत गरेका छन् ।
    यसैगरी गण्डकी प्रदेश सभा सदस्य हरिशरण आर्चायले अस्पतालको स्तरउन्नतीका लागि आफूले सक्ने पहल गर्ने बताएका छन् । ‘यो अस्पताल हामी सबैले उपचार गराएको ठाउँ हो’ उनले भने ‘यसलाई साधनस्रोत सम्पन्न बनाउने जिम्मेवारी पनि हाम्रै हो ।’ सोही अनुरुप ठाँटी पोखरी डुम्रे हुँदै अस्पताल आउने सडक स्तरउन्नतीका लागि प्रदेश सरकारसँग पहल गरिरहेको आर्चायको भनाई छ ।


    २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले क्षतिपुगेको करिब ४५ वर्ष उक्त भवन जापानी सहयोग नियोग जाइकाले निर्माण गरेको हो । ६ करोड ५९ लाख लागतमा पुर्ननिर्माण गरिएको २२ कोठे उक्त भवनबाट बरिङ्ग र आकस्मिक सेवा सञ्चालन गरिएको अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले जानकारी दिए । यस अघि भबन निर्माण नहुँदा बिरामी भर्ना, जाँचमा समस्या भएको थियो । ‘बहिरङ्ग र आकस्मिक सेवा सञ्चालन गर्न निकै असजिलो भएको थियो, अब त्यो समस्या हटेको छ’ उनले भने ‘यसले अस्पतालको सेवाप्रवाहमा निकै मद्दत पुग्छ भन्ने मैले विश्वास लिएको छु ।’
    उक्त भबन निर्माणको लागि नेपाल मेड जर्मनीले १९ लाख रुपैयाँको फर्निचर सहयोग गरेको छ । यस अघि भबन निर्माण गर्न जमिन सम्याउँदा र भबन भत्काउँदा पनि उक्त संस्थाले सहयोग गरेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले दैनिक ८० जना ओपिडि र २० जनासम्म बिरामीले आकस्मिक सेवा लिने गरेका छन् । ग्रामिण भेगमा रहेर पनि विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको उक्त अस्पतालले अत्याधुनिक उपकरण सेवा दिइरहेको छ । ओेपिडि, ल्याब, एक्सरे, भिडियो एक्सरे, दाँत, फिजियो थेरापी, फार्मेसी सबै लगायतका सेवाले अस्पतालले प्रवाह गरिहेको डाक्टर क्षितिजचन्द्र पौडेलले जानकारी दिएका छन् । नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिपकबाबु कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती प्रमुख प्रतिपक्ष दलका नेता पाण्डे, गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य, पालुङटार नगरपालिकाका उपप्रमुख पम्फा बसेल वडा अध्यक्षहरु, स्थानीयको उपस्थिती रहेको थियो । भुकम्पमा भत्किएको अस्पताल भबन निर्माण भएपछि उपचारमा सहज हुने भन्दै स्थानीय पनि खुसी भएका छन्।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.