गोरखा समाचारदाता
सिरानचोक गाउँपालिका वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । साविकको गाँखुको उपल्लोकोटमा एक दिने निशुल्क शिविर सम्पन्न भएको हो । सिरानचोक गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरबाट २ सय २५ जनाभन्दा बढिले सेवा लिएको वडाध्यक्ष नारायण दानीले जानकारी दिए । शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र जौवारीकी डाक्टर सुजता नगरकोटी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले विरामीको स्वास्थ्य जाँच गएको अध्यक्ष दानीको भनाई छ ।
शिविरमा सबैभन्दा बढि दम, ग्याष्ट्रिक, रुघाखोकी, ज्वरो लगायतका बिरामी आएको बताइएको छ । साथै सेवा लिन आएका सर्वसाधारणले आफुहरुले स्वास्थ्य सेवा लिन सदरमुकाम लगायतका स्थानमा धाउन बाध्य भएको भन्दै वडामै स्वास्थ्य इकाई स्थापना गरी सेवा सुचारु गर्न गाउँपालिकासंग समेत माग गरेका छन् ।




















