कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २५ गते । तमु ह्युल छोंज धिं गुरुङ्ग राष्ट्रिय परिषद गोरखाले पर्व बिदा कटौती गरेको भन्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रिको ध्यानाकर्षण गराएँको छ ।
मंगलबार जिल्ला कार्य समिति गोरखाले स्मरण पत्र बुझाउदै सार्वजनिक बिदाको बिषयमा सरकाले लिएको निर्णयले अत्यन्तै दुखीत र आक्रोशित बनाएको पत्रमा उल्लेख गरेको छ ।
प्रधानमन्त्रिलाई बुझाएको स्मरण पत्रमा ‘नेपाल बहु जातिय, बहु भाषिक, बहु साँस्कृतिक र बहु धार्मिक मुलुक हो । मुलुकको यस किसिमको विविधतालाई सम्मान गर्दै सवै सामाजिक र धार्मिक समूह प्रति समान ब्यवहार हुनुपर्नेमा बर्तमान सरकारले यस बर्ष देखी सार्वजनिक विदाको सवालका लिएको निर्णयले हामीलाई अत्यन्तै दुखित साथै आक्रोसित बनाएको छ ।’ उल्लेख गरेको छ ।
स्मरण पत्रमा ‘३५.३ प्रतिशत जनताले आदिमकाल देखी मनाउदै आएको उधौली–उभौली, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघी/माघे संक्रान्ति गरी ५ दिन सार्वजनिक बिदा पाउदै आएकोमा बर्तमान सरकारबाट भएको कटौतीको हामी घोर भत्सना गर्दछौ ।’ समेत भनिएको छ ।
समितिले बुझाएको स्मरण पत्रमा सरकार सबैको साझा अभिभावक हुन बाट चुकेको भन्दै नेपाल हाम्रो मातृ भुमी हो तर नेपाल सरकारले सही अर्थमा हाम्रो प्रतिनिधित्व गरी रहेको छैन भनेको छ । पत्रमा बिगतमा दिएको बिदा तत्कालै पुनःस्थापित गर्न सरकारलाई अनुरोध गर्दै माग संबोधन नभएको खण्डमा जुनसुकै कदम चाल्न पनि आफुहरु तयार रहेको भन्दै यस बाट र्सिजीत परिस्थितीको सबै जिम्मा सरकारले लिनुपर्ने स्मरण पत्रमा उल्लेख गरीएको छ ।
पढनुहोस स्मरण पत्र



