×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मानवअधिकार दिवश मनाइयो

  •  
  • मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    मंसिर २५ गते । बिभिन्न कार्यक्रम गरी गोरखामा ७० औं अन्तराष्ट्रिय मानवअधिकार दिवश मनाइएको छ । हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ । सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइने गरिन्छ । दिवशका अवसरमा मानवअधिकार तथा शान्ति समाज गोरखाले सदरमुकाममा छलफल कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित सन्दर्भमा मानवअधिकार बिषयक छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय जिल्लामा मानवअधिकार उल्लंघनका घटना बढ्दै गएको प्रति चिन्ता ब्यक्त गरेका छन् ।
    समाजका जिल्ला सभापति विश्वनाथ वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लामा मानवअधिकारको अवस्था र चुनौती, कानुनी ब्यवस्था लगायतका बिषयमा समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष एवम नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा समाजका केन्द्रिय सदस्य श्यामप्रसाद लामिछाने, शिक्षक महासंघका जिल्ला सहअध्यक्ष राजन कट्टेल, जिल्ला प्रशासनका कार्यालयका प्रशासकिय अधिकृत गौतम भण्डारी, नगरपालिकाका शिक्षा शाखा प्रमुख सुवास आचार्य, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, निवर्तमान अध्यक्ष भिमलाल श्रेष्ठ, गोरखा नगरपालिका ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्री, शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष काशीनाथ अम्गाई, महिला मानवअधिकार रक्षक संजालकी संयोजक सावित्री भट्ट लगायतले मानवअधिकारका बिषयमा आ–आफ्ना धारणा ब्यक्त गरेका थिए ।
    त्यस्तै दिवशकै अवसरमा मानवअधिकार संजालले पनि सदरमुकाममा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । संजालका संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल समुह ७६ रमेश अधिकारी, गोरखा क्याम्पसमा पूर्व प्रमुख भिम वस्ती, जेष्ठनागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, काहुराष्टका अध्यक्ष किशोर रेग्मी, ट्रान्फरेन्सी इन्टरनेशनलका जिल्ला प्रमुख कमला राना लगायतले बोलेका थिए ।
    दिवशकै अवसरमा एम्नेष्टी इन्टरनेशनल महिला समुह ४२ र समुह ७६ को आयोजनामा सदरमुकाममा प्रभातफेरी सम्पन्न भएको छ । मानवअधिकार र लैंगिकहिंशा नारा लेखिएका बिभिन्न प्लेकार्डहरु सहित भएको प्रभातफेरी गोरखा नगरपालिका ८ पेट्रोलपम्पबाट सूरु भई प्रतिक्षालय, हरमटारी, कालीमाटी, शक्तिचोक हुदे बसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा एम्नेष्टी ७६ का रमेश अधिकारी, महिला समुह ४२ की संयोजक विमला वाग्ले, सचिव सविना पोखरेल, भगवती कडेंल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम लोकतान्त्रिक महिला समाज र संकल्प नामक संस्थासंगको समन्वयमा भएको सचिव पोखरेलले बताइन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.