गोरखा समाचारदाता
अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवशका अवसरमा गोरखामा हस्ताक्षर संकलन कार्यक्रम भएको छ । भ्रष्ट्राचार मुक्त समाज, हाम्रो अभियान ‘म भ्रष्टाचर गर्दिन र म भ्रष्ट्राचार गर्न पनि दिन्न’ भन्ने नाराका साथ सदरमुकाममा हस्ताक्षर संकलन सम्पन्न भएको हो । जिल्लामा कृयाशिल नागरिक समाज, संघसंथाहरुको आयोजनामा भएको कार्यक्रमको गोरखा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठले उद्घाटन गरेकी हुन् । कार्यक्रममा २ सयभन्दा बढिले ऐकेवद्धता जनाउदै हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा जिल्लामा कृयाशलि नागरिक समाजका अगुवा, संघसंसथाका प्रतिनिधी, सरकारी कार्यालयका कर्मचारी, पत्रकार, विद्यार्थी, सुरक्षाकर्मी एवं सर्वसाधारणको सहभागिता रहेको थियो । नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रम आयोजनाको संयोजन सोच नेपालले गरेको थियो ।
दिवशकै अबसरमा ट्रान्परेन्सी इन्टरनेशलनले आइतबार जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीको गुनासो संकलन गरेको छ । जिल्लाका सरकारी कार्यालयका ढिला सुस्ती अनियमिता तथा पुर्ननिर्माणका सम्बन्ध भएका भ्रष्ट्राचारजन्य उजुरीहरु संकलन भएको ट्रान्परेन्सी इन्टरनेशलनले जानकारी दिएको छ । जिल्लाका विभिन्न कार्यालयको सेवा प्रवाह, विकास निर्माणका काम, स्थानीय तहले सञ्चालन गरेका गतिविधिहरु, गैरसकारी सस्थाले सञ्चालन गरेका गतिविधि, प्रहरी, प्रशासन र न्यायलयमा हुने ढिला सुस्ती, अनियमिता तथा विभिन्न भ्रष्टाचारजन्य बिषयबारे ट्रान्परेन्सीमा धेरै उजुरी परेको जिल्ला प्रुमख कमला रानाले बताएकी छिन् । परेका उजुरीहरुमध्ये केहि छानबिनकै क्रममा रहेको र केहिको प्रतिवेदन तयार भई केन्द्रमा पठाइएको उनको भनाई छ ।


