गोरखा समाचारदाता
बारपाकमा भएको निशुल्क स्वास्थ्य शिविरमा ४२३ जनाले स्वास्थ जाँच गराएका छन ।
बारपाक सुलिकोट गाउँपालिका र रोटरी क्वल अफ बज्र मनासलु गोरखाको सयुक्त आयोजनामा वडा नम्बर १ बारपाकमा भएको शिविरमा ९३ जनाले स्त्री रोग सेवा, ९२ जनाले भिडियो एक्सरे र २३८ सामान्य चेकजाँच गराएको स्थानीय मिलन ढकालले जानकारी दिएका छन् । शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर बसन्त शर्मा, छाती पेट मुटु रोग विशेषज्ञ डाक्टर हरिकृष्ण ढकाल, डाक्टरहरु सुजाता नगरकोटी, तिलक गौतम, नबिन भट्टराई, बिनोद दुवाडी लगायत टोली बिरामी जाँच, भिडियो एक्सरे सेवा उपलब्ध गराएको थियो ।
उक्त शिविरमा विज्ञान पोलिक्लिनक तथा अर्याल मेडिकलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । रोटरी क्लव अफ बज्र मनास्लुका बाबुराम श्रेष्ठ अध्यक्षता तथा गाउँपालिका विष्णु भट्ट प्रमुख आथित्यतामा भएको कार्यक्रम वडा नम्बर १ लाल बहादुर गुरुङ २ का रोशन बिक, बारपाक सुलिकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रत्न लामिछाने, हिमाली माबी जनी बहादुर घले लगायत राखेका थिए ।




















