दीपक श्रेष्ठ/गोरखा
मंसिर २२ गते । गोरखा नगरपालिका वडा– १४ स्थित गोर्वुङमा करिब ४ करोड रुपैयाको लागतमा जडिबुटी खेती शुरु भएको छ । आर्युबेदिक औषधी बनाउनका लागि भारतीय बजारबाट आयत गर्नुपर्ने जडिबुटी नेपाल मै उत्पादन गर्ने उद्देस्यले जडिबुटी खेती शुरु गरिएको हो । गोरखा आर्युबेदिक हर्वल कम्पनीलाई बिक्रि गर्नेगरी गोरखा अर्गानिक हर्वल फार्म दर्ता गरी जडिबुटी खेती शुरु गरिएकोे फार्मका सन्चालक समेत रहनु भएका बनस्पती बिज्ञ डां खेमराज भट्टराईले बताउनुभयो । ‘गोर्वुङमा करिव १ सय रोपनी जग्गा खरिद गरेर अहिले करिब ६० जातका जडिबटी खेती शुरु भएको छ, सन्चालक डां भट्टराईले भन्नुभयो, ‘अझै यहि ठाँउमा मात्र थप ३० जातका जडिबुटीहरुको व्यवसायिक खेती गर्न सकिन्छ ।’
फार्ममा अमला, अशोक, मोरिङ्गा, दालचिनी, तेजपत्ता, कोइराला, निम्स, कालमेग लगायतका जडिवुटी खेती गरिएको उहाँको भनाई छ । ‘समुन्द्र सतहदेखि करिव ६ सय ५० मिटर उचाईमा रहेको गोर्बुङ अमलाका लागी सवै भन्दा उपयुक्त हावापानी भएकाले र्फाममा सवैभन्दा धेरै ठूलो जातको अमला लगाइएको संन्चालक डा.भट्टराईले जानकारी दिनुभयो । ‘सवै भन्दा धेरै करिव १ हजार बोट अमला लगाएका छौ, त्यो पनि यहाँको नभइ भारतबाट ल्याएका उन्नतजातको अमला हो, अमला मात्रै करिव ४० रोपनी क्षेत्रफलमा खेती गरेका छौ ।’ उहाँले भन्नुभयो । लेकमा सिमित जडिवुटी हुने तर गर्मी ठाउँमा बढी पाइने भएकाले खेतीका लागि उक्त ठाउँ छनौट गरिएको डां भट्टराईले बताउनुभयो ।
फार्ममा खेती गर्ने जडिबुटीको बेर्ना उत्पादनका लागि ग्रिन हाउस र उत्पादन भएका जडिबुटी सुकाउनका लागि एउटा सोलार डायर निर्माण गरिएको छ । जडिवुटी खेतीका लागि करिव ५ सय मिटरको दुरीमा रहेका खोलाबाट पानी लिफ्ट गरेर ल्याइएको उहाँले बताउनुभयो । ‘फार्ममा अहिले चार जना कामदार रहेका छन् भने पुष महिना पछि दुई जना कर्मचारी थप गर्ने योजना रहेको छ ।’ डां भट्टराईले भन्नुभयोे । फार्मबाट उत्पादित जडिवुटी जिल्लामा रहेको आयुर्वे्दिक कम्पनीलाइ बिक्री गर्न शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, छिटो हुने भएकाले हामीले ४० हजार रुपैया जतिको जडिबुटी त बिक्रि पनि गरी सकेका छौ ।’
हाल गोरखा जिल्लामा रहेको गोरखा आर्युबेद कम्पनीले मात्रै भारतबाट बार्षिक करिव ५ करोड रुपैया भन्दा बढिको जडिबुटी आयात गर्दै आएको छ । उक्त जडिबुटी सोही फार्मबाट उत्पादन गर्न सकिने भएकाले व्यवसायिक रुपमा खेती शुरु गरिएको डा. भट्टराईले बताउनुभयो । ‘पूर्ण रुपमा सन्चालनमा आएपछि यहि फार्मबाट बार्षिक १ करोड रुपैया आम्दानी गर्न सकिन्छ भन्ने बिश्वास छ, उहाँँले भन्नुभयो, हाम्रो योजना गोरखालाई जिल्लालाई जडिबुटीमा आत्मानिर्भर बनाउने पनि हो ।’
उत्पादित जडिवुटी गोरखा सँगै अन्य जिल्लामा पनि निर्यात गर्ने योजना रहेको उहाँको भनाइ छ । गोर्बुङमा पूर्ण रुपमा फार्म सन्चालन आए लगतै गोरखाकै पालुङटार नगरपालिका–८ धुवाकोटमा २ सय रोपनी र तनँहुको बन्दिुपर क्षेत्रमा पनि २ सय रोपनी क्षेत्रफल जमिन खरिद गरेर जडिबुटी खेती शुरु गर्ने तयारी भइरहेको सन्चालक डा. भट्टराईले जानकारी दिनुभउो । । उहाँसंगै मणिध्वज जोशी, भगवतीकुमारी मैनाली उप्रेती र रामहरी सुवेदी गरी ४ जनाले जडिबुटी खेतीमा लागनी गरेका छन् । बि.स २०४० सालमा स्थापना भएको गोरखा आर्युबेदिक कम्पनीले उत्पादन गर्ने अधिकांस औषधी उत्पादनका लागि कच्चा पर्दाथ भारतबाट आयात गर्दै आएको छ ।


