नरेन्द्र ढकाल/गोरखा
मंसिर २१ गते । अहिले विश्वभर लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । अंग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस दिवशका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु भइरहेका छन् । वर्षेनी अभियानहरु चलाउँदा पनि हिंसाका घटना कम नभएको स्वम् पिडितहरु बताउँछन् । ‘चुलो चौका हाम्रो ठेक्का जस्तै छ’ बोर्लाङ्गकी शोभा पाण्डेले भनिन् ‘कपडा धुने खाना बनाउने काम हामीले मात्र गर्नुपर्छ, महिलालाई अन्य अबसर नदिनु पनि त हिंसा हो ।’ हिंसाको शिकार सबै भन्दा धेरै महिलाहरु नै भएको पाइन्छ । घरेलु हिंसा भोग्न बाध्य उनीहरु अहिले पनि खुलेर बाहिर निस्कन सकेका छैनन् । ‘हो, मैले पनि पहिले धेरै हिंसा भोगेकी छु’ गोरखा नगरपालिका ६ की शान्ती श्रेष्ठले भनिन् ‘हामी सबै महिला कुनै न कुनै प्रकारको घरेलु हिंसा भोग्न बाध्य छौ, कतिले प्रतिकार गर्छन कति सहेर बस्छन फरक त्यत्ति मात्र हो ।’
‘लैगिंक हिंसा दुव्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ महिला तथा मानव अधिकारका क्षेत्रमा काम गर्ने सरकारी एवं गैरसरकारी सस्थाहरुले सचेतनामुलक कार्यक्रम गरिहेका छन् । तर ती कार्यक्रमहरु प्रभावकारी नभएको कतिपयको आरोप छ । ‘लैगिंक हिंसा विरुद्धको अभियान भन्ने बित्तिकै पुरुष जानै नहुने भन्ने हाम्रो संस्कार छ’ हरमटारीका मिनादेवी श्रेष्ठले भनिन् ‘जबसम्म पुरुषहरुलाई सचेत बनाइदैन तबसम्म हिंसाका घटना कम हुन सक्दैन ।’
१६ दिने अभियान गैरसकारी सस्थाहरुलाई व्यानर र फोटो देखाएर बजेट खर्च गर्ने गतिलो साधन भएको कतिपयको आरोप छ । वर्षमा एकपटक चलाउनले अभियानले हिंसा न्यूनीकरणमा योगदान दिन नसक्ने भन्दै नियमित रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारकर्मीहरु बताउँछन् । ‘वर्ष भरी चुप लागेर बस्ने अनि अभियानका बेला मात्र ब्यानर देखाएर बजेट सक्ने धेरैको काम हुन्छ’ महिला मानब अधिकार सञ्जालकी अध्यक्ष साबित्री भट्टले भनिन् ‘यहाँ काम भन्दा कुरा गर्ने धेरै छन्् अनि कसरी अभियान सफल हुन्छ त ?’ गाउँबस्तीमा दिनहुँ हिंसाका घटना भएपनि पिडितको पहुँच प्रहरी र अदालत सम्म नहुँदा हिंसाका घटना बाहिर आउन नसकेको उनले बताइन् । परम्परावादी सोचका कारण हिंसाका सहेर बस्नेहरु अझै पनि धेरै भएको उनको तर्क छ । ‘सहनै नसक्ने भएपछि मात्र यस्ता घटना बाहिर आउँछन्’ भट्टले भनिन् ‘हिंसाका घटना सहेर बस्ने होइन उजुर गर्नु पर्छ भन्ने चेतना चाँही अझै बिकास हुन सकेको छैन ।’
वर्षेनी अभियान चलाई राख्दा पनि हिंसाका घटना भने न्यूनिकरण हुन सकेका छैनन् । पछिल्लो समय देशभर बलत्कारजन्य घटना बिकराल रुपमा बढेर गएका छन् ।
सन २०१८ मा जिल्लाभर ४८ वटा हिसांका घटना भएको इन्सेकको तथ्याङ्क छ । नागरिक तथा राजनैतिक अधिकार अन्तरगत राज्य पक्षबाट भएका ३, गैरराज्य पक्षबाट भएका ३, महिला हत्या ४, बाल अधिकार अन्तरगत बलत्कार, बलत्कार प्रयास र यौन दुब्र्यवहारका १३ घटना इन्सेकले वर्ष पुस्कतका लागि संग्रह गरिएको छ । यसैगरी महिला विरुद्घ हुने सबै प्रकारका भेदभाव दुब्र्यवहार अन्तरगत बलत्कार, बलत्कार प्रयास र यौन दुब्र्यवहारका ९, बहुविवाहका ११, बोक्सी आरोपको ३ र विद्यार्थी कुटपिटको एक घटना इन्सेकले वर्ष पुस्तकका लागि संकलन गरेको तथ्याङ्कमा उल्लेख छ ।
लैंगिक हिंसा बिरुद्धको अभियान नारामा मात्र सिमित
लैंगिक हिंसा बिरुद्धको अभियान नारामा मात्र सिमित
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


