गोरखा । आँबुखैरेनीमा एक पुरुषको अस्थिपञ्जर भेटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २, अँधेरीखोलामा अस्थिपञ्जर फेला परेको हो ।
भेटिएको अस्थिपञ्जर आँबुखैरेनी वडा नं।३ आँबुकोटका ४४ वर्षिय गोरे भनेर चिनिने तेज बहादुर थापाको रहेको बताइउको छ । गत कार्तिक १२ गते देखि वेपत्ता भएका थापाको अँधेरीखोलामा दुर्गन्धित भई सडेगलेको अवस्थामा अस्थिपञ्जर फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
थापाको अस्थिपञ्जरसँगै भेटिएको कपडाका आधारमा उनका आफन्तले शव सनाखत गरेको प्रहरी निरीक्षक संन्तोष रोक्काले जानकारी दिएका छन् । भिरबाट लडेर थापाको मृत्य भएको प्रहरी निरीक्षक रोक्काको भनाई छ ।


