कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर १९ गते । गोरखा सदरमुकाममा रहेको गोरखा संग्रालयमा पहिलो पटक सर्व साधारणलाई लक्षित गर्दै फ्रि वाईफाई सेवा सञ्चालनमा आएको छ ।
गोरखा नगरपालिकाले सदरमुकामको ७ स्थानमा फ्रि वाईफाई सेवा दिने कार्यक्रम अन्रतर्गत पहिलो पटक पुरानो बजार बिच भागमा रहेको गोरखा संग्रालयमा फ्रि वाईफाई सेवा सञ्चालनमा आएको हो ।
फ्रि वाईफाईको एक कार्यक्रम बिच उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख असोक कुमार गुरुङ्गले यस्ता कार्यले पर्यटक र सर्व साधारणमा सेवा पुग्ने भन्दै अन्य स्थानमा समेत जडान गर्न नगरपालिकालाई आग्रह गरेका थिएँ ।
गोरखा नगरपालिकाले केही समय भित्रै भिमसेन पार्क, गोरखा दरर्बार, चिल्ड्रेन पार्क, पश्चिमकाली मन्दिर, पुरानो बसपार्क र लोकतान्त्रिक चोकमा उत्त सेवा दिने मेयर राजनराज पन्तले कार्यक्रममा जानकारी दिएँ ।
सबै स्थानमा ५० एमबिपीएस स्पीड रहने उत्त सेवाका लागि नगरपालिकाले ७ लाख रुपैयाँ खर्च गरेको नगरपालिकाका आई अफिसर सुवेक खनालले बताएँ । गोरखा नगर क्षेत्रलाई फ्रि वाईफाई जोन बनाउे उद्वेश्य लिएको नगरपालिकाले आगामी वर्षको कार्यक्रममा पनि रकम विनियोजन गरी अन्य क्षेत्रमा यस्ता कार्यको विस्तार गरीने जानकारी दिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी गुरुङ्गले मोबाईलमा वाईफाई जोडेर उत्त कार्यको उदघाटन गरेका थिएँ ।


