कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर १९ गते । दुरघटना न्यूनिकरण तथा पर्यटन प्रर्बद्वनका लागि गोरखा बसपार्कमा पानी फोहरा निर्माण गरीएको छ ।
गोरखा नगरपालिकाले पूर्वाधार विकास कार्यक्रम अन्रतर्गत पुरानो बसपार्कको बिच भागमा पानी फोहरा निर्माण गरेको हो ।
नगरपालिकाका मेयर राजनराज पन्तका अनुसार उत्त फोहरा निर्माण संगै ट्राफिक ब्यवस्थापन, दुरघटना न्यूनिकरण, फोहर ब्यवस्थापन र पर्यटक प्रर्बद्वनलाई टेवा पुग्ने गरी निमाृण गरीएको बताएँ ।
११ लाख ७० हजार रुपैयाँमा निर्माण भएको उत्त पानी फोहराले गोरखा बजारको सौन्दर्यमा अर्को पाइला भएको स्थानियको अनुभव छ ।

पानी फोहरा संञ्चालनमा लागि नगरपालिकाले स्थानिय टोल बिकास समितिलाई सक्रिय पारी हस्तान्तरण गर्ने योजना बनाई रहेको नगरपालिकाले जानकारी दिएको छ ।
फोटो : मोहसिन अलि मियाँ


