कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर १९ गते । गोरखा प्रहरीले लुकाई राखेको भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ ।
गोरखा जिल्ला भिमसेन गाउँ पालिका ४ को धावाका ४७ बर्षिय जित बहादुर बि.क.लाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिएँ ।
पक्राउ परेका बि.क.बाट ४७ थान छर्रा र ५० ग्राम बारुद समेत नियन्त्रणमा लिएको नेपालले बताए ।
धावामा समुदाय प्रहरी साझेदारी समिति गठन गर्न गएको प्रहरी टोलीलाई दिएको गोप्य सूचनाको आधारमा बि.क.ले शौचालय पछाडी लुकाई राखेको भरुवा बन्दुक नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका बि.क.लाई आजै हातहतियार तथा खरखजना मुद्वामा जिल्ला अदालतबाट म्याद थप गरीएको छ ।
बि.क.को मुद्वा अदालतमा प्रमाणित भएँ ६ महिना देखी १ बर्ष सम्म जेल र १० हजार देखी १ लाख रुपैयाँ सम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


