गोरखा समाचारदाता
जिल्लाको सिरानचोक गाउँपालिकाले सिमान्तकृत समुदायको जिविकोपार्जनका लागि एक तालिम सञ्चालन गरेको छ ।
महिला तथा बालबालिका शाखा अन्र्तगत महिला लक्षित कार्यक्रमबाट वडा नम्बर ४ छोप्राकका कुमाल महिलाहरुलाई व्यवसायिक बेमौसमी तरकारी खेति सम्बन्धी तालिम दिइएको हो ।
तिन दिन सम्म चल्ने तालिममा आर्थिक रुप बिपन्न ३० जना महिलाहरुको छनौट गरी उनीहरुलाई व्यवसायिक बेमौसमी तरकारी खेति कसरी गर्ने, तरकारी खेतिबाट कसरी आर्यजन गर्न सकिन्छ, कुन समय कस्ता बालीनाली लगाउने, कहाँ लगेर बेच्ने लगायत विभिन्न जानकारी गराइने महिला तथा बालबालिका शाखाकी प्रमुख शारदा ढकालले जानकारी दिइन् ।
उक्त विषयमा कृषि कार्यालयका ठाकुर देवकोटाले सहजीकरण गर्ने बताएको छ । तालिमको एक कार्यक्रमका विच सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटाले उद्घाटन गर्दै व्यवसायिक तरकारी खेतिले सिमान्तकृत कुमाल समूदायको आयआर्जनमा सुधार हुने विश्वास व्यक्त गरिन ।
वडा अध्यक्ष दिपक हमालको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष देवकोटा, महिला तथा बालबालिका शाखाकी ढकाल लगायतले मन्तव्य राखेका थिए ।


