गोरखा समाचारदाता
पुनःनिर्माण सम्पन्न भएका थालिबारी आधारभुत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । श्री स्वारा सघन गाउँ बिकास केन्द्र र सेफ द चिल्ड्रेन को साझेदारी मा पुनःनिर्माण सम्पनन गरिएको विद्यालय भवन उक कार्यक्रमका हस्तान्तरण् गरिएको हो ।
बारपाक सुलिकोट गाउँ पालिका वडा न ७ पन्द्रुङमा रहेको बिद्यालयको ४ कोठे भबन स्वारा सघन गाउँ बिकास केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठ र सेफ द चिल्ड्रेन का इन्जिनियर आनन्द सापकोटाले गाउँ पालिका अध्यक्ष बिष्णु भट्ट र बिधालय ब्यबस्थापन समिती का अध्यक्ष किशोर बगालेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
विद्यालय ब्यवस्थापनका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा भएको कार्यक्रमा गाउँपालिका अध्यक्ष बिष्णु भट्टको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रमा जिल्ला समन्य समिति का सदस्य तेज बराम , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङ , बारपाक सुलिकोट गाउँ पालिका वडा न ७ का अध्यक्ष कृष्ण गुरुङ , बिद्यालयका प्रधानध्यापक रुद्र प्रसाद अ्म्गाइ लगायत ले मन्तब्य ब्यक्त गरेका थिए । ४ कोठे भबन सहित शौचालय , खानेपानी ब्याबसथापन , आबस्यक फर्निचर गरि कुल १ करोड १० लाख ६६ हजार ६ सय लागतमा निर्माण गरिएको हो ।


