×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पुर्ननिर्माणले ल्यायोे बिपन्न समुदायमा खुशी

  •  
  • मङ्गलबार, मङि्सर १८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक श्रेष्ठ/गोरखा
    मंसिर १८ गते । पुर्ननिर्माण सम्पन्न भएर नयाँ घरमा बस्न पाएपछि गोरखाको सिरानचोक गाउँपालिका सिम्लेका बिपन्न समुदाय यति बेला खुशी छन् । २०७२ बैसाक १२ गतेको बिनासकारी भुकम्पले पूर्ण रुपमा क्षती पुगेको सिरानचोक गाँउपालिका वडा ७ स्थित सिम्लेका टोलका ५० घर बिपन्न परिवार नयाँ घरमा सर्न पाए संगै खुशी भएका हुन् । भुकम्पले घर भत्किएपछि ४२ महिना भन्दाबढि अस्थायी टहरामा कष्टपूर्ण रुपमा दिनचर्या कटाउदै आउनु भएका स्थानियबासी अर्जुन थापाले झण्डै एक बर्ष लगाएर घर बनाउनुभयो । सरकारले दिएको ३ लाख रुपैया र असल छिमेकी नेपालको नामक संस्थाले उपलब्ध गराएको ७० हजार ५ रुपैया बराबरको निर्माण सामाग्री सहितको प्राबिधिक सहयोगले घर निर्माण गरेको थापा बताउनु हुन्छ । ‘डिपिसी सम्मको काम सकेर झण्डै ६ महिनासम्म रोकिएको घर निर्माणको काम पुनः वडा कार्यालयको पहलमा सहयोग जुटाएर कात्तिकको अन्तिम सातामा सकेको उहाँको भनाई छ । ‘यसअघि कटेरामा बसेका थियौ, अहिले कटेरो भत्काएर नयाँ घरमा बस्न थालेका छौ, उहाँले भन्नुभयो, १ कोठाको घर भएपनि अहिले सन्तोष मिलेको छ ।’ अस्थायी टहरामा बस्दा बर्खाका बेला पानी पसेर रातभरी नै सुत्न नपाएको सम्झदै अहिले सानो भएपनि चिटिक्क परेको पक्की घरमा बस्न पाउदा रातमा समेत मिठो निन्द्रा लाग्ने गरेको थापा बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, घर बनाउन नसक्दा लामो समयसम्म बाँसले बारेको कटेरोमा बस्दा रातको समयमा सर्प, बिच्छी लगायतको टोकाइको डर थिया,े अब नयाँ घरमा केहीको पिर छैन ।’ एककोठे भएपनि निलो रङगीन जस्ताको छाना भएको घर बनेपछि थापासंगै उहाँकी श्रीमती र छोरी पनि खुशी हुनुहुन्छ । थापा मात्र होइन सिम्लेटोलका अर्का भुकम्प पिडित आइत बराम पनि नयाँ घरमा सर्न पाउदा खुशीले गद्गद् हुनुहुन्छ । २ कोठाको पक्कीघर त्यसमाथी पनि सिमेन्ट प्लासटरबाट चिटिक्क परेको घरको पिढिमा बस्दै बरामले भन्नुभयो, अब मेरो पालाका लागि पुगेको छ, छोराछोरीले आफ्ना लागी आफै गरिहाल्छन । ‘घर नबनाउदासम्म कसो गर्ने के गर्ने भनेर सधै चिन्ता लाग्ने गरेको थियोे,’ बरामले भन्नुभयो, ‘नयाँघर बनेपछि ढुक्क भएको छ ।’ भुकम्पले घर भत्किएपछि जसोतसो बाँसले बारेको झुप्रोमा गुजारा चलाउदै आउनु भएका उहाँले पक्की नयाँ घर बनेपछि भुकम्पको सवै पिडा समेत बिर्सिन थालेको बताउनु हुन्छ ।

    बराम जस्तै सिस्ने टोलका अन्य ५० घर बिपन्न परिवारको निजि घर निर्माणको काम सम्पन्न भएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिनुभयो । आफैले घर निर्माण गर्न नसक्ने अबस्थामा रहेका वडा भित्र बसोबास गर्दै आएका बिपन्न परिवारहरुको पहिचान गरी थप सहयोग जुटाएर घर निर्माण गरिदिएको उहाँले बताउनुभयो । ‘सरकारले उपलब्ध गराएको ३ लाख रुपैया घर बन्न नसक्ने र यहाँका बिपन्न परिवारले थप रकम जुटाएर घर बनाउनै नसक्ने अबस्था भएपछि असल छिमेकी नेपाललाई सहयोगको आग्रह ग¥यौ,’ वडाध्यक्ष ढकालले भन्नुभयो, ‘उहाँहरुको थप सहयोगले बिपन्न परिवारमा खुशी छाएको छ ।’ भुकम्प पिडितहरुले आर्थिक समस्याका कारण घर बनाएर अधरै छोड्नु परेको भन्दै वडा कार्यालयले सहयोगको आग्रह गरेपछि उहाँहरुका लागि प्रति परिवार ६० हजार रुपैया बराबरको निर्माण सामाग्री, उपलब्ध गराएको संस्थाका कार्यक्रम संयोजक बिजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘हामीले उपलब्ध गराएको निर्माण सामाग्री समेत आफैले ढुवानी गरेर घरसम्म पु¥याइदियौं र घर निर्माण सम्पन्न नहुदासम्म प्राबिधिक समेत पठाएर घर निर्माण गर्र्न सहयोग उपलब्ध ग¥यौं ।’ उहाँले भन्नुभयो । असल छिमेकी नेपालले जिल्लाको गण्डकी गाउँपालिकामा पनि २ सय बिपन्न परिवारको घर पुर्ननिमार्ण गर्न सहयोग गरेको छ ।

    खानेकुराको अभावका कारण उहाँहरुलाई घर निर्माण गर्न अबरोध नहोस भनेर संस्थाले सवै परिवारलाई २ पटकसम्म चामल, दाल लगायतका खाद्यान्य समेत उपलब्ध गराएको वडाध्यक्ष ढकालले जानकारी दिनुभयो । गोरखा सदरमुकामदेखि करिव ३० किलोमिटरको दुरीमा रहेको सिस्ने टोल दलित आदीबासी र लोपउन्मुख समुदायको बसोबास रहेको पिछडिएको गाउँ हो । उक्त गाउँमा नेपालको सिमान्तकृत बराम जातीमा पर्ने बराम समुदायको समेत बसोबास रहेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.