कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर १८ गते । जापानी संस्था जाईकाले गोरखा जिल्लामा निर्माण सम्पन्न गरेको ५ वटा पुल एकै दिन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
बाह्र किलो–बारपाक सडकमा पर्ने सबै पुल जापानी राजदुत मासामिति साइगोले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रघुबिर महासेठलाई एक कार्यक्रम बिच हस्तान्तरण गरीएको जाईका नेपालले जानकारी दिएको छ ।

दरौली पुल
गोरखा भूकम्प पछि गोरखा सदरमुकामको बाह्र किलो देखी बारपाक सम्म जाने सडकमा पर्ने दरौदी, घट्टे, राङ्गरुङ्ग, झयाल्ला र खहरेको पुल हस्तान्तरण गरीएको थियो ।

घट्ट खोला पुल
५ पुल मध्ये दरौदी खोला माथि बनेको दरौदी पुल, घट्टे खोला माथि निर्माण भएको घट्टे खोला पुल र राङ्गरुङ्ग खोला माथि निर्माण भएको राङ्गरुङ्ग खोला पुल ‘नेपालमा भूकम्प पश्चातको पुनःनिर्माण तथा पुनरुत्थान’ कार्यक्रम अन्तरर्गत अनुदान सहयोगको पुल भएको जाईका नेपालले जानकारी दिएको छ ।

झयाल्ला खोला पुल
भूकम्प पश्चात पुनःनिर्माण गोरखा जिल्लाको ग्रामिण क्षेत्रको पुनःनिर्माण कार्यमा सहयोग पुग्ने गरी निर्माण गरीएको थियो ।

खहरे खोला पुल
पुल हस्तान्तरण गर्दै जापानी राजदुत साइगोले पुल निर्माण संगै नेपाल र जापान बिचको सम्वन्ध अझै प्रगाढ बनेको भन्दै पुलकै कारण अब ग्रामिण क्षेत्र र बजार आउ जाउमा समस्या नहुने बताए ।

राङ्गरुङ्ग खोला पुल
पुल निर्माणमा ९३ करोड जापानी येन खर्च भएको उत्त कार्यक्रममा जाइकाले जानकारी गराएको थियो ।
तस्बिर सौजन्य जाईका नेपाल




















