गोरखा समाचारदाता
जिल्लाको सिरानचोक गाउँपालिकाले जनप्रतिनिधिहरुलाई बालसंरक्षण र बालअधिकार बारे सचेत गराइएको छ । महिला तथा बालबालिका शाखा कार्यलयको आयोजनामा वडा अध्यक्ष, सचिव, कार्यपालिकाका सदस्य सहित अन्य सरोकारवालाहरुलाई नेपालको विद्यमान बालअधिकार सम्बन्धी कानूनी प्रावधान, बालबालिकाका लागि गर्नुपर्ने कामहरु, बाल अधिकार संरक्षणमा स्थानीय तहले खेल्नुपर्ने भूमिका लगायत बालसंरक्षण र अधिकारका बारेमा बालअधिकारकर्मी कमल श्रेष्ठले सहजिकरण गरिरहेका छन् । गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भेषराज कुँवर, महिला तथा बालबालिका शाखाकी प्रमुख शारदा ढकाल लगायतले मन्तव्य राखेका थिए । आइतवारबाट सुरु भएको उक्त कार्यक्रम आज सकिनेछ ।
बालअधिकार सम्बन्धी अन्र्तक्रिया
बालअधिकार सम्बन्धी अन्र्तक्रिया
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


