गोरखा समाचारदाता
मंसिर १७ गते । गोरखा नगरपालिका–८ डुम्रीडाँडाको रत्नराज्य माविका विद्यार्थीहरु अहिले पनि अस्थायी टहरा पढ्न बाध्य छन् । भारतिय राजदुतावास मार्फत निर्माण गर्ने भनिएको उक्त विद्यालय पुर्ननिर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन । ‘इसिडि, कक्षा ८, ९ र १० लाई असुरक्षित भनेर स्टिकर टाँसिएको पुरानै भवनमा पढाईरहेका छौ’ प्रधानाध्यापक साधना त्रिपाठीले भनिन् ‘अरु सबै कक्षा अस्थायी टहरामा छन् ।’ राजदुतावासका प्रतिनिधिहरुले दुई पटकसम्म नापजाँच गरेर गए पनि हालसम्म काम सुरु हुन सकेको छैन् । भूकम्प लगतै जिल्ला शिक्षा कार्यलय मार्फत प्राप्त भएको २ लाख ५० हजार, रोटरी क्लव अफ गोरखा र पोखराका दुई महिला समूहको सहयोगमा अस्थायी टहरा बनाएर कक्षा सञ्चालन गरिरहेको उक्त विद्यालय सदरमुकामको नगरपालिकाको कार्यालय मुनि छ । ‘जाडो लागि सक्यो, पढाउन निकै समस्या छ’ प्रअ त्रिपाठीले भनिन् ‘हाम्रो स्कूल त बन्छ बन्दैन केही थाहा छैन ।’
बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको सिद्धार्थ माविमा पनि अहिले सम्म भवन निर्माण सुरु भएको छैन । सुरुमा जापानी सहयोग नियोग जाइकाले बनाउने भनिएको उक्त विद्यालय केही समय यता एसियाली बिकास बैंकले जिम्मा लिएको छ । तर एडिबिले पनि अहिलेसम्म काम सुरु गरेको छैन । ‘जाइकाले बनाउछु भन्दा भन्दै छोडिदियो’ विद्यालयका प्रधानाध्यापक निमप्रसाद ढकालले भने ‘अहिले एडिबीले बनाउने कुरा छ तर अहिलेसम्म काम सुरु भएको छैन ।’ जाइकाले जग्गाको कारण देखाउँदै विद्यालय भवन बनाउन आनकानी गरेको स्थानीयले आरोप लगाएका छन् । हाल विद्यालय भएको ठाउँमा उपर्युक्त जग्गा नभएपछि विद्यालय निर्माणका लागि सामाजिक सञ्जाल मार्फत अभियान सञ्चालन गरेर करिव ३० रोपनी जमिन खरिद गरिएको छ । ‘चैतसम्म टेण्डर गरेर त्यसपछि काम गर्ने कुरा छ’ प्रअ ढकालले भने ‘तर काम सुरु हुन्छ हुँदैन थाहा छैन् ।’
यी त प्रतिनिधिमुलक घटना मात्र हुन । जिल्लामा विद्यालय पुर्ननिर्माणको काम अलपत्र हुँदा विद्यार्थी कष्टकरतबर पढ्न बाध्य छन् । भूकम्पले भत्काएका ५१३ विद्यालय मध्ये हाल ४३४ विद्यालय सञ्चालनमा छन् । बाँकीमा प्रयाप्त विद्यार्थी नभएको भन्दै नजिकको विद्यालयमा गाभिएको छ । जिल्लाका सबै विद्यालय पुर्ननिर्माणको स्रोत सुनिश्चित भएपनि ठुला दाताहरुले बनाउने भनिएका विद्यालयहरु नै अहिलेसम्म पुर्ननिर्माण सुरु हुन सकेको छैन । ‘विद्यालय पुर्ननिर्माण सन्तोजक नभएकै हो’ जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख रामप्रसाद आर्चायले भने ‘हामी निकै प्रयासरत छौं ।’
भारतिय राजदुतावासले निर्माण गर्ने भनिएका १० विद्यालयको भर्खंरै मात्र सर्भेको काम भएको छ । ती मध्ये तारा मावि छेवेटार, महालक्ष्मी मावि लक्ष्मीबजार, रत्नराज्य लक्ष्मी मावि डुम्रीडाँडाको ठेक्का सञ्चालन भएको छ । ‘भारतिय दुतावासले बनाउने विद्यालयको डिपिआर बनाउन समेत ढिलाई भयो’ डिलपिआइयु प्रमुख आर्चायले भने ‘पछि तपाइँहरुले नै बनाउनुुस् भन्ने कुरा आयो । अहिले हामीले नै डिपिआर तयार गरिहेका छौ ।’ गण्डकी मावि थुमी, जागेश्वर मावि बोलाङ्र्ग र सुर्योदय मावि घ्याल्चोकको सर्र्भेे सम्पन्न भई डिपिआर निर्माण कार्य भइरहेको उनले बताए । ‘३ वटाको टेण्डर नै भइसकेको छ, ५ वटाको डिपिआर बनाउँदै छौ’ उनले भने ‘बाँकी २ वटाको अझै काम सुरु नै भएको छैन ।’ बुद्ध मावि सिद्र्धिवास र मञ्जुश्री मावि कासीगाउँको हालसम्म सर्भेको समेत हुन नसकेको हो । सडक सञ्जालको पहुँच नपुगेको भन्दै उक्त विद्यालय पुर्ननिर्माणमा भारतिय राजदुतावासले आनाकानी गरेको छ ।
यसैगरी एसियाली बिकास बैंक एडिबीले निर्माण गर्ने भनिएको सन्सरी महेन्द्र मावि गाँखु, सिद्धार्थ मावि सौरपानी, सुर्योदय मावि गुम्दाको फिल्ड सर्भे सम्पन्न भई डिपिआर निर्माण सुरु भएको छ । त्यस्तै जापानी सहयोग नियोग जाइकाले जिम्मा लिएका ६१ विद्यालय मध्ये हालसम्म १५ वटा मात्र निर्माण सम्पन्न भएका छन । ‘केही कन्ट्रयाक्टर साथीहरुले बदममाशी पनि गर्नु भएको छ’ कार्यालय प्रमुख आर्चायले भने ‘हामीले बारम्बार ताकेता गरिहेका छौ, अहिले धेरैमा धमाधम काम भइरहेको छ ।’ अन्य दाताहरुले जिम्मा लिइएका धेरै विद्यालय भवन पनि बन्न बाँकी छन् । भवन बन्न ढिलाई हुँदा पठनपाठनमा निकै समस्या भएको छ ।
ठुला दाताले जिम्मा लिएका विद्यालय पुर्ननिर्माण अझै अलपत्र
ठुला दाताले जिम्मा लिएका विद्यालय पुर्ननिर्माण अझै अलपत्र
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


