मोहसिन अलि मियाँ/गोरखा
मंसिर १७ गते । गोरखाका गाउँगाउँमा स्त्री रोगी खोज्ने शिविर सुरु भएको छ । महिला सम्बन्धी रोग भएकाहरुलाई निशुल्क रुपमा स्वास्थ्य उपचार दिने उदेश्यले स्वदेशी नेपाल नामक संस्थाले गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन सुरु गरेको हो । आरखेत र माछाखोलामा शिविर सञ्चालन गरिसकेको संस्थाले आइतबारबाट गोरखा नगरपालिकाका बिभिन्न वडामा शिविर सुरु गरेको छ । नगरका तिन वटा वडाहरुमा तिन दिनसम्म चल्ने शिवरको आइतबार गोरखा नगरपालिका ४ स्थित फिनाम स्वास्थ्य चौकीमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरे ।
ओम्यान फर ओम्यान नामक संस्थाको प्राविधिक सहयोगमा गोरखा नगरपालिका र स्वदेशी नेपालले शिविरको आयोजना गरेको हो । शिविरमा महिला रोग सम्बन्धी सामान्य रोगदेखि जटिल किसिमका रोगसम्मको चेकजाँच गरिने बताइएको छ । दुई विदेशी र दुई स्वदेशी स्त्री रोग विशेषज्ञ सहितको टोलीले स्वास्थ्य परिक्षण गरिने आयोजक स्वदेशी नेपालका सदस्य एवम कार्यक्रम संयोजक भेषबहादुर खड्काले बताए ।
सामान्य रोगीहरुलाई औषधी प्रदान गरीने र जटिल खालका वा शल्यकृया गर्नुपर्ने बिरामीलाई निशुल्क रुपमा काठमाण्डौंमा लगेर उपचार गराइने ब्यवस्था संस्थाले मिलाएको जनाएको छ । ‘गाउँमा उपचार नपाएर सामान्य रोगबाट पनि धेरै पिडित बनिरहेका छन्, यस्ता बिरामीको स्वास्थ्य जाँच गर्न हामीले यो पटक ३ स्थानमा शिविर गर्दैछौ’ खड्काले भने ‘सामान्यलाई तत्काल औषधी दिन्छौ, जटिललाई काठमाण्डासम्मै लगेर निशुल्क उपचार गराउने हामी ब्यवस्था मिलाउदैछौ ।’
गोरखा नगरपालिका ४ का वडाध्यक्ष खोप बहादुर अधिकारीको अध्यक्षतामा आइतबार भएको शिविरबाट ६९ जनाको स्वास्थ्य जाँच गरिएको छ । जसमध्ये १७ जना बिरामीको अवस्था दोस्रो चरणको रहेको भन्दै रिङ्ग राखेर पठाइएको संयोजक खड्काको भनाई छ । त्यस्तै ३ जनालाई भने शल्यकृया गर्न सिफारिस गरिएको छ भने अन्यलाई औषधी दिइएको छ । शल्यकृया गर्नुपर्ने बिरामीलाई संस्थाले कार्ड दिई काठमाण्डौ स्थित मनमोहन अस्पताल जान सुझाव दिइएको छ । सोका लागि बिरामीहरुलाई आउन–जान सहित उपचारमा लाग्ने सम्पूर्ण खर्च, औषधी र बिरामी कुरुवालाई समेत खानबस्न निशुल्क ब्यवस्था मिलाइएको उनको भनाई छ । शिविर आज सोमबार जिल्ला अस्पताल गोरखा र भोली मंगलबार ११ किलो स्थित तारानगर स्वास्थ्य चौकीमा चल्ने आयोजकले बताएको छ ।
गाउँगाउँमा स्त्री रोगी खोजिदै
गाउँगाउँमा स्त्री रोगी खोजिदै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


