मोहसिन अलि मियाँ/गोरखा
मंसिर १७ गते । गोरखा नगरपालिका १० अमलापानीकी सिता नेपालीको बिहानै उठेर धाराको लाइन बस्नुपर्ने बाध्यता हटेको छ । बर्षौदेखि खानेपानी कै लागि लाइन बसेर बिहान कटाउने गरेकी नेपाली अहिले घर छेवैको धारामा पानी आउन थालेपछि दङ्ग छिन् । ‘पहिला त पानीको हाहाकार, एक गाग्री पानी थाप्न ५ बजेदेखि धारामा लाइनमा बस्नुपर्ने’ उनले भनिन् ‘अहिले त घरै नजिक धारा बनेर पानी आउन थालेको छ ।’
यस अघि गाउँबाट कटुसेधारासम्म पानी थाप्न जादा धेरैसंग उनको बोलचालै बन्द समेत हुने अवस्था आएको थियो । गाउँभन्दा केहि पर रहेको कटुसेधारामा गाउँभरीका मान्छे एक गाग्री पानी थाप्न तछाडमछाड गर्दा धेरै पटक छिमेकीसंगै पनि झगडा गर्नुपर्ने बाध्यता उनको मात्रै होइन सबैको थियो । ‘गाउँमा धारा नै थिएन, २० मिनेटजति हिडेर कटुसेधारा पुगिन्थ्यो, धारामा गयो बिभिन्न कुरा हुने, पालैका लागि धेरैसंग झगडा पनि प¥यो’ सिता सम्झिन्छिन् ‘सबैलाई हतार हुने, कसले कसको पालो दिन सक्थ्यो र, अनि त्यहि निहुमा बाजाबाज ।’
यो समस्या सिताको मात्रै होइन मनु नेपालीको पनि उस्तै थियो । एक गाग्री पानीकै लागि एक बिहान धारामै कट्दा घरको काम लथालिङ्गै हुन्थ्यो । ‘पाँचै बजे धारामा गयो, पानी लिएर आउदा खाना पकाउन पनि नभ्याइएला जस्तो हुन्थ्यो’ मनु भन्छिन् ‘हतार हतार गरेर खाना पकाइवरी बच्चाहरुलाई स्कुल पठाउनुपर्ने बाध्यता थियो, अहिले त्यस्तो छैन, खाना पकाउदै गर्दा धाराको काम पनि सकिन्छ ।’
खानेपानीको मात्रै होइन अमलापानीमा नुहाउन, लुगाधुन, बस्तुभाउलाई खुवाउन, सरसफाई गर्न पनि उत्तिकै कसस थियो । ति प्रयोजनका लागि उनिहरुले कटुसेधारामा पनि पानी पााउदैन थिए । उनिहरु नुहाउन खोला र मुल खोज्दै भौतारिनुपर्ने अवस्था आउथ्यो । ‘खानेपानी मात्रै होइन हामीलाई नुहाइधुवाई गर्न, बस्तुभाउलाई खुवाउन खोला खोज्दै हिड्नुपथ्र्यो’ मनुले भनिन् ‘अहिले खाना पकाउदै नुहाइधुवाई गरिन्छ ।’ घरअगाडी नै धारा बनेर पानी आउन थालेपछि सरिता भुजेल र लामा गाउँका तपु लामालाई पनि उत्तिकै सहज भएको छ । लामा भन्छन् ‘अहिले २४ घण्टा पानी आउछ, धेरै राहत मिलेको छ’
गोरखा नगरपालिका १० का यि अमलापानी र लामागाउँमा कारितास नामक संस्थाले खानेपानी योजना निर्माण गरिदिएको हो । गोरखा नगरपालिकाको सिफारिसमा कारितासले अमलापानीमा ९ लाखको लागतमा ८ वटा धारा बनाइदिएको छ भने लामागाउँमा ५ लाख २८ हजारको लागतमा ६ वटा धारा निर्माण गरिदिएको छ । लामा गाउँमा १८ र ४१ घरधुरी रहेको अमलापानीमा अधिकांश दलित समुदाय बसोबास गर्छन् । झण्डै ३ किलोमिटर परको बान्द्रे खोलाको मुहानबाट सो गाउँमा खानेपानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष रोशन थापा बताउछन् ।
उनिहरुले गाउँमा पानी ल्याउन दाताको मात्रै मुख ताकेनन, उनिहरुले श्रमदानसंगै धुरीपिच्छे नगद समेत उठाएर टोलटोलमा पानी पु¥याएको बताउछन् । ‘पानीको साह्रै कष्ट सहियो, धारा बनाइदिने दाता कारितास भेएिपछि उसलाई हामीले भरपुर साथ दिई आफैले काम गरेर योजना सम्पन्न ग¥यौ’ राना भन्छन् ‘हामीले श्रीमदान पनि ग¥यौ, नपुगेको हामी हाल्छौ भनेर पैसा पनि उठायौ तर त्यो उठाएको पैसा खर्च गर्नुपरेन अब मर्मत गर्न राखेका छौ ।’


