कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर १४ गते । गोरखा नगरपालिका १२ को १० किलो क्षेत्रमा बसले ठक्कर दिदाँ १ स्कुले बाललको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १३ मा रहेको तारापुञ्ज माध्यामिक विद्यालयका स्कुलले विद्यार्थी बोकेको बस गोरखा घुमेर पोखरा तर्फ फर्कने क्रममा ग.१ ख ६३९६ नम्बरको नगर बसले ठक्कर दिदाँ स्थानिय प्रिस थापाको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
९ बर्षिय थापा स्थानिय सन्त जोसेफ स्कुलको युकेजीमा पढेर फर्कने क्रममा सडकको छेवैमा बसले ठक्कर दिएको थियो छ । घटना दिउसो ४ः१५ बजे भएको थियो । घटना लगत्तै ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ ।
घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक विमल बस्नेतले बताए ।


