नरेन्द्र ढकाल/गोरखा
मंसिर १४ गते । अहिले जिल्लामा अत्यावश्यक औषधीको अभाव नरहेको जिल्ला अस्पतालले दाबी गरेको छ । गोरखा समाचारसँग कुराकानी गर्दैै अस्पतालका सुचना अधिकारी कृष्णप्रसाद ढकालले औषधी अभावको कुनै समस्या नरहेको बताएका हुन् । ‘पहिले औषधी अभाव भएकै हो’ उनले भने ‘तर अहिले त्यस्तो छैन्, जिल्लामा चाहिने अधिकाशं औषधी हामी कहाँ छन् ।’ केही समय अघि गोरखा समाचारले जिल्ला अस्पतालमा निशुल्क औषधी समेत नभएको समाचार प्रकाशित गरेको थियो ।
उक्त प्रशङ्गमा उनले, अहिले त्यस्तो अबस्था नरहेको दाबी गरेका हुन । ‘आर्थिक वर्षको सुरुमा खरिद प्रक्रियामा जानु पर्दा औषधी अभाव भएको थियो । उक्त कुरा सञ्चारमाध्यममा पनि आएकै आएकै हो’ उनले भने ‘तर अहिले औषधी उपलब्धता सहज भएको छ । अहिले सेवाग्राहीहरुले अस्पतालको फार्मेसीबाट नियमिति रुपमा औषधी पाइराख्नुभएको छ ।’
नेपाल सरकारले निशुल्क उपलब्ध गराउने, बिमा कार्यक्रम मार्फत प्राप्त हुने र अस्पतालले फार्मेसीबाट बिक्रि गर्नेे सबै औषधीको, प्रकार र परिमाण दुबै बढाइएको उनको भनाई छ । त्यत्ति बेला बिमा सुरक्षा कार्यक्रममा झण्डै २०० प्रकारका मात्र औषधी रहेको जिल्ला अस्पतालमा अहिले ५०० भन्दा रहेको अस्पताल प्रशासनले बताएको छ । ‘ती औषधीले यहाँ दैनिक आउने बिरामीलाई कभर गरेको छ’ उनले भने ‘यसको अलवा मुटु रोग, मानसिक रोग लगायतका केही विशेष औषधी थप्ने योजनामा हामी छौ ।’ बिमा अन्र्तगत रहेका औषधीको संख्यालाई बढाएर एक हजार पु¥याउने लक्ष्य रहेको अस्पतालले प्रशासनले जानकारी दिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रम मार्फत सर्वसाधारणले दुई हजार भन्दा बढि औषधी निशुल्क पाउनु पर्ने प्रावधान छ । त्यसको लागि एक परिवारले वर्षेनी २५ सय रुपैयाँ तिरेर बिमा गराउनु पर्छ । परिवारका ५ सदस्यले एक वर्षमा ५० हजार बराबरको स्वास्थ्य सेवा निशुल्क पाउछन् भने धेरै सदस्य भएको परिवारले भने केही रकम थप गर्नुपर्ने हुन्छ । बिमा कार्यक्रम, केही तोकिएका सरकारी स्वास्थ्य संस्थामा मात्र उपलब्ध हुन्छ । त्यस कारण सम्बन्धित स्वास्थ्य सस्थाले आफ्नो सेवाप्रवाहलाई हेरेर औषधी खरिद गर्ने गरेको पाइन्छ । ‘सबै औषधी जिल्लामा आवश्यक नहुन पनि सक्छ’ उनले भने ‘यहाँ उपलब्ध हुने सेवा अनुसारको औषधी ल्याउने हो । जुन सेवा अस्पतालमा छैन, औषधी पनि हुँदैन ।’
यसैगरी नेपाल सरकारले सञ्चालन गरेको निशुल्क स्वास्थ्य कार्यक्रम मार्फतको औषधी पनि अभाव नरहेको जिल्ला अस्पतालले स्पष्ट पारेको छ । ‘क्षेत्रिय र केन्द्रिय मेडिकल स्टोर्सबाट प्राप्त हुने अधिकाशं औषधी हामीसँग छन केही औषधी अझै उपलब्ध भएको छैन’ उनले भने ‘तर धेरै बिमित व्यक्तिहरु भएकाले उहाँहरुले बिमा मार्फत सेवा लिनुहुन्छ त्यसैले यहाँ औषधीमा समस्या छैन । ’
५० शैयाको जिल्ला अस्पताल आफै विरामी परेको भन्दै विभिन्न समयमा समाचारहरु सार्वजानिक भईराख्छन् । अस्पतालको सेवा प्रभावकारी बनाउन प्रशासन र व्यवस्थापन समिति दुबैले चासो नदिएको जस्तो देखिन्छ । ‘उहाँहरु नयाँ हुनुहुन्छ तर निरन्तर छलफलमा लागि रहनुभएको छ’ सुचना अधिकारी ढकालले भने ‘व्यवस्थापन समितिले पनि बिशेष चासो दिइरहेको छ ।’ जिल्ला अस्पताल र पार्टन स्वास्थ्य विज्ञान प्रतिष्ठानको साझेदारीमा अस्पताले विभिन्न सेवा प्रदान गरिरहेका छ ।


