गोरखा समाचारदाता
जिल्लाको सुलिकोट गाउँपालिका ६ मा आयोजना गरिएको प्रथम ताकुकोट न्वागी महोत्सव सकिएको छ । समृद्धी, सस्कृति, कृषि र पर्यटन, समृद्ध ताकुकोटको आधार भन्ने नाराको भएको महोत्सवमा बोल्दै प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले मेला महोत्सव स्थानीय कला सस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउन बताएका छन् । स्थानीय कृषि उपजहरुको बजारिकरण गरी आन्तरिक पर्यटकहरु भित्र्यान पनि बेला बखतमा मेला महोत्सव आयोजना गर्नु उपयुक्त हुने उनका तर्क छ ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बाबुलाल गुरुङ मन्त्री थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट उपाध्यक्ष सनमायाँ गुरुङ, प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङ, प्रशासकिय अधिकृत ईश्वरी गुरुङ, ताकुकोट सेवा समाजका अध्यक्ष रेशमलाल श्रेष्ठ, वडा ५ अध्यक्ष गोपाल गुरुङ, गोरखा ताकुकोट सेवा समाज काठमाण्डौका उपाध्यक्ष चुढाप्रसाद बस्ताकोटी, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतका स्वकिय सचिव धिरज उपरकोटी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा चर्चित म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, लोक तथा दोहोरी गायक कुलेन्द्र बिक, सागर गुरुङ, सञ्जय गुरुङ, चिजा तमाङ, जानकी तारमी मगर, हाँस्य कलाकार सुरबिर पण्डित ‘दारी बा’, मरिचमान श्रेष्ठ ‘बल्छी धुब्रे’ लगायतले प्रस्तुती देखाएका थिए ।
गोरखा ताकुकोट सेवा समाज काठमाण्डौ, वारपाक सुलिकोट वडा नम्बर ६ को आयोजना तथा बारपाक सुलिकोट वडा नम्बर ५ को माई भगवती पूजा समिति, पुष्पाञ्जली युवा क्लव, दिपशिखा युवा क्वल समन्वयमा कार्यक्रम भएको हो । सोही अबसरमा ताकुकोट सेवा समाज काठमाण्डौ, ताकुकोट स्वास्थ्य चौकी, मनास्लु हेल्थ सेन्टर प्राली काठमाण्डौ, दिर्घायु हस्पिटल एण्ड रिसर्ज सेन्टरको आयोजना निशुल्क स्वास्थ्य शिविर समेत भएको थियो । शिविरमा डाक्टर अनिस बस्नेतको टोलीले २०० भन्दा बढि बिरामी स्वास्थ्य जाँच गराएको थियो ।
कार्यक्रमका लागि ताकुकोट पुगेका मन्त्री थापाले बारपाक सुलिकोट गाउँपालिका ६ डाँडागाउँ स्थित अन्तरज्योति माविको ‘विद्यालय भवन’ हस्तान्तरण गरेका थिए । सेभ द चिल्डेनको १ करोड ५२ लाख ७८ हजार रुपैयाँ लगानीमा स्वाँरा सघन गाउँबिकास केन्द्रले उक्त ८ कोठे भवन निर्माण गरेको हो ।


