गोरखा समाचारदाता
बाख्रा पालनलाई प्रवद्र्धन गर्ने उदेश्ले उन्नत जातको व्याड बोका वितरण भएको छ । व्यवसायीक बाख्रा पालनमा जोड दिनका लागि भन्दै नेपाल रेडक्रश सोसाईटीले बोयर जातको ब्याड बोका किसानलाई उपलब्ध गराएको छ ।
भुकम्प पुर्नलाभ कार्यक्रम अन्र्तगत जिबिको पार्जन परियोजना लागु भएका साबिकका ९ गाबिसमा उक्त बोका वितरण सुरु गरिरहेको नेपाल रेडक्रश सोसाईटीका सुबास घिमिरेले जानकारी दिए । सबै भन्दा छिटो वृद्धि हुने, उत्पान धेरै हुने लगायतका गुणले ख्याती कमाएको अस्टेलियन प्रजातीको बोयर जातको बोका खरिद गरी किसानहरुलाई बितरण गरिएको हो । जिबिको पार्जन परियोजन अन्र्तगत साबिकका गाबिका वडाहरुमा गठन भएका कृषक समूहलाई एक/एक वटाका दरले व्याड वितरण गरिएको छ ।
अर्घाखाँची र गुल्मीबाट खरिद गरी ल्याइएको उक्त बोका गाउँगाउँमा लगेर किसानलाई वितरण गरिएको हो । साना र ठूलो गरी २२ हजार देखि ५२ हजार सम्म लागत परेका उक्त बोकाको ३५ हजार बराबरको बिमा समेत गरिएको छ । स्थानीय स्तरमा रहने रेडक्रशको उपशाखाको सक्रियतामा वडाका जनप्रतिनीधिले छनौट गरेका किसानले ब्याड बोका पाल्ने छन् । समूहमा आबद्ध किसानले उक्त बोका प्रयोग गरे बापत प्रति बाख्रा ५० रुपैया र समूह बाहिरका १०० रुपैया शुल्क लिने नियम बनाइएको छ ।
त्यसबाट संकलित रकम मध्ये मासिक १५०० रुपैयाँ उक्त बोकाको खाद्यन्न खरिदमा खर्च गर्ने र बाँकी रकम समूहको समन्वयमा घर धनीलाई उपलब्ध गराई बचत समेत गर्नु पर्नेछ । सोही अनुरुप रेडक्रसले बोका वितरण सुरु गरेको छ । मंगलबार मनकामना, बक्राङ, मिरकोट र गाँखुमा गरी ३४ वटा व्याड बोका वितरण गरिएको घिमिरेले बताए ।
बाँकी ठाउँमा क्रमश वितरण गर्ने बताइएको छ । बाख्रा पालनलाई व्यवसायी बनाउदै किसानको आयआर्जनमा वृद्धि गराउने उदेश्ले परियोजना लागु भएको साबिका ९ गाविसका ७४ समूहलाई उन्नत जातको बोयर बोका सहयोग गर्न लागिएको रेडक्रशले बताएको छ ।


