समाचारदाता
सिरानचोक गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वमसेविकाहरुलाई दुई दिने अभिमुखिकरण गरिएको छ । इकोको आर्थिक सहयोग, केएर नेपाल, आइसिसिओ, स्वाँरा सघन गाउँबिकास केन्द्र र सिरानचोक गाउँपालिकाको सयुक्त अयोजनामा उनीहरुलाई विपद् व्यवस्थापनमा महिला स्वास्थ्य स्वमसेविकाले खेल्नु पर्ने भूमिका, आपत्तकालिन स्वास्थ्य उपचार, उद्दार, घाइते तथा बिरामीको हेरचाह लगायतका बारेमा जानकारी गराइको हो ।
सिरानचोक गाउँपालिका १ केरावारी, २ थालाजुङ, ७ श्रीनाथकोट र ८ जौवारीका गरी ३० जना महिला स्वास्थ्य स्वमसेविका सहभागी रहेको तालिमको केशवदत्त भट्ट, सिरानचोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले सहजीकरण गरेका थिए । गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, वडा नम्बर २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ, स्वाँरा सघन गाउँबिकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा महिला स्वास्थ्य स्वमसेविकाले गाउँपालिका भित्र सेवा सुबिधामा एकरुपता नभएको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजु गुरुङले महिला स्वास्थ्य स्वमसेविकाको भूमिका अतुलनिय रहेको भन्दै उनीहरुको समस्या प्रति आफू गम्भिर रहेको बताएका थिए । उनले सबै वडा कार्यलयहरुसँग समन्वय गरी भक्तामा एकरुपता कायम गरी सेवा सुबिधा वृद्धि गर्ने आश्वासन समेत दिएका छन् ।


