नरेन्द्र ढकाल/गोरखा
मंसिर ११ गते । नेपाल शिक्षक महासंघले जिल्लाका ४ वटा स्थानीय तहमा कार्यसमिति चयन गरेको छ । सोमबार छुट्टाछुट्टै कार्यक्रम गरी गोरखा, पालुंटार, अजिरकोट र आरुघाटमा शिक्षक महासंघ गठन गरिएको हो । गोरखा नगरभित्रका शिक्षकहरुको भेलाले पुरुषोतम बाबु भट्टराईको अध्यक्षतामा २२ सदस्सिय कार्यसमिति निर्माण गरेको छ । जसको सह–अध्यक्षमा दयाराम ढकाल, उपाध्यक्षमा भवानी खड्का पाण्डे, सचिवमा भाईकाजी श्रेष्ठ रहेका छन् । नेपाल शिक्षक संघका नगर अध्यक्ष नन्दकुमार श्रेष्ठको अध्यक्षता तथा नेपाल महासघंका जिल्ला अध्यक्ष धुव्रकुमार भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेल, जिल्ला समन्वय समिति प्रवक्ता मानप्रसाद धिताल, नगर शिक्षा अधिकारी भरतकाजी अर्याल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछाने, अखिल नेपाल शिक्षक संगठनका राजेन्द्रबाबु ढकाल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका टिकाराम श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनका बाबुराम ढकाल लगायतले मन्तव्य राखेको थिए ।
यसैगरी पालुटार नगरपालिकामा पनि शिक्षक महासंघको गठन भएको छ । शिक्षकहरुको भेलाले चेतनाथ पन्तको अध्यक्षतामा १८ सदस्यिय नेपाल शिक्षक महासघं पालुंटार नगर समिति सर्वसम्वत चयन गरेको हो । जसको सह–अध्यक्षमा खेमराज पोखरेल, उपाध्यक्षमा टेकबहादुर अधिकारी, सचिवमा गणेशराज सेढाई लगायत रहेको छन् । समितिका अन्य पदाधिकारी कार्यसमितिको बैठकले चयन गर्ने निर्णय भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्का पांलुटार नगर अध्यक्ष भिमबहादुर श्रेष्ठको अध्यक्षता तथा शिक्षक महासघंका जिल्ला सह–अध्यक्ष राजन कट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालुंटार नगरपालिकाको सामाजिक विकास समितिका संयोजक भेजराज पाण्डे, नगर शिक्षाका श्रोतव्यक्त चित्र देबकोटा, शिक्षक संघका जिल्ला उपाध्यक्ष सबिना धिताल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य रामकाजी अधिकारी, शिक्षक संघका पांलुटार नगरसमिति अध्यक्ष भुवनबहादुर अधिकारी लगायत मन्तव्य राखेका थिए ।
त्यस्तै नेपाल शिक्षक महासघं अजिरकोटको अध्यक्षमा कालिकाप्रसाद अधिकारी चयन भएका छन् । शिक्षकहरुको भेला बद्रीप्रसाद धिताललाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ भने अन्य पदाधिकारीहरु समितिको बैठकले चयन गर्ने सहमती भएको छ । कोषराज धितालको अध्यक्षता तथा शिक्षक महासंघका जिल्ला उपाध्यक्ष उदयबहादुर भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, सामाजिक बिकास समितिका संयोजक तयाराज गुरुङ, शिक्षा अधिकृत सिताराम पन्त, शिक्षक संघका सहसचिव रुद्धप्रसाद उप्रेती लगायतले मन्तव्य राखेका थिए ।
उता आरुघाट गाउँपालिकामा पनि समित गठन भएको छ । शिक्षकहरुको भेलाले तिर्थबहादुर नेपालीको अध्यक्षतामा १६ सदस्यिय कार्यसमिति चयन गरेको हो । जसको सह–अध्यक्ष सुकबहादुर नेपाली, उपाध्यक्षमा लालप्रसाद खनाल, सचिवमा काजीराम कार्की, सह–सचिवमा अमृत लामिछाने, देवमायाँ श्रेष्ठ लगायत चयन भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन आरुघाटका अध्यक्ष भिमबहादुर धमलाको अध्यक्षता तथा महासघंका जिल्ला सचिव श्यामप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आरुघाट गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक मेनबहादुर अधिकारी, नेपाल शिक्षक सघंका केन्द्रिय सदस्य सिताराम भट्ट, महासंघका जिल्ला उपाध्यक्ष रामप्रसाद अर्याल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला कोसाध्यक्ष शिवकुमार यादव लगायत मतव्य राखेको नेपाल शिक्षक संघ आरुघाटका अध्यक्ष लक्ष्मीकान्त खनालले जानकारी दिए । शिक्षकहरुको पेशागत हक हितका लागि भन्दै निर्माण गरिएको शिक्षक महासंघले जिल्लाका सबै स्थानीय तहमा संगठन बिस्तार गर्ने बताएको छ । उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा भने जाडो पछि कार्यक्रम गर्ने निर्णय गरेको महासंघले अन्य ९ वटा स्थानीय तहमा भने केही भित्र संगठन बिस्तारको काम सक्ने तयारी गरेको छ ।
चार स्थानीय तहमा शिक्षक महासंघ गठन
चार स्थानीय तहमा शिक्षक महासंघ गठन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


