गोरखा समाचारदाता
चोरी गरेको आरोपमा जिल्लाको पालुंटार नगरपालिकाका २ युवक पक्राउ परेका छन् ।
गत बिहिबार राती १० बजे डिजेल चोरको अभियोगमा पालुंटार ३ का ३१ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका २८ वर्षीय अनिल थालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले वडा नम्बर ४ को बडडाँडा स्थित कच्ची सडकमा राखिएको ट्याङ्कीबाट डिजेल चोरी प्रहरीको भनाई छ । उनीहरु दुबै जनालाई पक्राउ गरी चोरी शीर्षकमा प्रहरीले मुद्दा दर्ता गरेको छ ।
सोमबार जिल्ला अदालतबाट म्याद थप घटनाको थप अनुसन्धान भइरहेको गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।


