गोरखा समाचारदाता
गुडिरहेको ट्याक्टरबाट खस्दा हर्मीमा एकको व्यक्तिको मृत्यु भएको छ । छेवेटारबाट बालुवा लोड गरी जादै गरेको लु ३ त ५१३९ नम्बरको ट्याक्टर हर्मी भञ्जाङ नजिकै दुर्घटना हुँदा सिरानचोक ३ हर्मीका ४५ वर्षिय पूर्ण बहादुर बिकको मृत्यु भएको हो ।
ट्याक्टरको पछाडीको टायरले च्याप्दा शक्त घाइते भएका बिकको उपचारका क्रममा चितवनमा उनको मृत्यु भएको हो । दुर्घटना भए लगतै स्थानीयले उनलाई उपचारका लागि आँपपिपल अस्पताल पुरयाएका थिए ।
प्राथमिक उपचारपछि आँपपिपल अस्पतालले उनलाई मेडिकल कलेज चितवन रिर्फर गरेको थियो । तिब्र गतिका कारण ट्याक्टरमा दुर्घटनामा भएको स्थानीय प्रत्येक्षदर्शीको भनाई छ ।
उक्त ट्याक्टरका चालक पालुंटार नगरपालिका १ का सर्मपर्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए ।


