गोरखा समाचारदाता
जिल्लाका विभिन्न विद्यालयमा पढाउने शिक्षकहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको छ ।
गुड नर्वेस इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धति बिकास सेवा केन्द्रले सामुदायिक बिकास परियोजना मार्फत आरुघाट गाउँपालिकाको १ देखि ६ नम्बर वडा, धार्चेको वडा नम्बर ७ र गोरखा नगरपालिका ४ का २० जना शिक्षकहरुलाई उक्त तालिम दिएको हो ।
तिन दिने उक्त तालिममा किशोरावस्थाका विद्यार्थीहरुमा देखिने समस्या, उनीहरुको मानसिक, सामाजिक र शारिरीक बिकास लगायतका विषयमा शिक्षकले खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिक्षक दिपेन्द्र पन्तले सहभागीहरुलाई जानकारी गराएका थिए ।
सोही अबसरमा शिक्षकहरुलाई जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको थियो । तालिममा सिकेका कुरा र आफ्नो अनुभवलाई विद्यालयका विद्यार्थी र उनीहरुका अभिभावक सम्म पु¥याउन सबिन श्रेष्ठले आग्रह गरेका थिए ।
कार्यक्रममा गुड नेर्वस इन्टरनेशनलका जिल्ला संयोजक द्रोण जिसीले सेवा क्षेत्रका समूदायको मागका आधारमा आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त कार्यक्रम पद्धती बिकास सेवा केन्द्रका लघु उद्यम बिकास अधिकृत सुनिल न्यौपानेको अध्यक्षता सम्पन्न भएको हो ।




















