×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाका भुकम्प पिडितलाई घर निर्माणमा सहजीकरण गर्दै आवास निर्माण साथी

  •  
  • बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     दीपक श्रेष्ठ/गोरखा

    मंसिर ६ गते । घर बनाउन अलमलमा परेका गोरखाका संकटासन्न भुकम्प पिडितहरुलाई आवास निर्माण साथीले सहजीकरण प्रदान गरेको छ । भुकम्प गएको करिव ४० महिना बितिसक्दा पनि घर निर्माण शुरु गर्न नसकेका भुकम्प पिडितहरुको घर छिटो निर्माण सम्पन्न गर्न सहजीकरण शुरु गरिएको हो ।

    नेपाल आवास पुर्ननिर्माण परियोजना अन्र्तगतको आवास निर्माण साथीले जिल्ला भित्रका ६ ओटा स्थानिय तहका ४२ ओटा वडामा पुगेर घर निर्माण शुरु गर्न नसकेका असाहय, बिपन्न लगायत सवै खालका संकटासन्न लाभग्राहीहरुलाई समाजिक, प्रशासनिक र प्राबिधिक सहयोग प्रदान गदै आएको हो ।

    ‘घर बनाउन कसरी शुरु गर्ने भन्नेमा अन्यौल भएको थियो,’ पालुङटार नगरपालिका वडा नम्बर ७ माँझीगाँउ च्याङलीका भुकम्प पिडित सरिता माँझीले भन्नुभयो, आवास निर्माण साथी आएर नक्सा बनाउन सहयोग गरे पछि काम शुरु गर्न सजिलो भयो ।’ उहाँले आवास निर्माण साथीहरुले घरको जग खन्नदेखि लिएर जगमा कस्ता खालका सामाग्री प्रयोग गर्ने भन्ने बारेमा समेत धेरै पटक सुझाव दिएको बताउनुभयो ।

    ‘उहाँहरु आएर बिम यसरी हाल्नुपर्छ, यसरी जग खन्नु पर्छ भनेर सिकाइदिनुभयो, हामीले त्यही अनुसार घर बनाउन थाल्यौ, नत्र यति छिट्टो घर बन्ला भन्ने लागेकै थिएन ।’ माँझीले भन्नुभयो । करिव २८ दिनमा घरको छाना राख्ने काम सक्नु भएका माँझीले अवास निर्माण साथीको सहजीकरणले गर्दा छिटो घर निर्माण भएको बताउनुभयो । भुकम्प गएको ३ बर्ष बितिसक्दा पनि घर बनाउन नसक्दा अब घर बनाउन सकिदैन की भन्ने लागेको थियो उहाँले भन्नुभयो, उहाँहरुको हौसला र सहयोगले घर बनाउन सजिलो भयो ।

    यता च्याङलीका अर्का भुकम्प पिडित राजेश कुमाल पनि आवास निर्माण साथीको सहयोग लिएर घर बनाउन सजिलो भएको बताउनुहुन्छ । ‘खै कुन संस्थाबाट हो, इन्जीनियरहरु २ दिन बिराएर आउनुहुन्थ्यो, उहाँहरुले नै यसो गर्नुस, उसो गर्नुस भन्नुहुन्थ्यो, त्यसले गर्दा घर बनाउन सजिलो भयो ।’ कुमालले भन्नुभयो । घर बनाउन मात्र होइन कुमालको ३ ओटै अनुदान किस्ता रकम झिक्नका लागि निवेदन लेखिदिने, किस्ता लिनका लागि फारम भर्ने र किस्ता आए नआएको जानकारी दिने लगायतका काममा समेत सहयोग प्राप्त भएको कुमालले बताउनु भयो ।

    उहाँहरु नआउदा घर बनाएर पनि किस्ता पास हुन्छ की हुदैन भन्ने चिन्ता हुन्थ्यो, जव उहाँहरु आएर सहयोग गर्न थाल्नुभयो ढुक्कले काम गर्न पाइयो ।’ कुमाले भन्नुभयो । पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ आवास निर्माण साथीको सहयोगका कारण आफ्नो वडामा पुर्ननिर्माणले गति लिएको बताउनुहुन्छ । ‘६ महिना अघि ८० प्रतिसत भुकम्प पिडितहरुले पहिलो किस्ता लिएर पनि घर बनाउन शुरु गरेका थिएनन्, उहाँहरु आएर घरघरमा गएर सहयोग गर्न थाल्नु भएपछि अहिले पुर्ननिर्माणको गति राम्ररी अगाडी बढेको छ’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

    आवास निर्माण साथीले निशुल्क घरको नक्सा बनाइदिने गरेका, जगखन्न सिकाइदिने घर बनाउन कुन ठाउँ के राख्नुपर्छ भनेर जानकारी दिने गरेको घर बनाउदिन भन्दै बसेका लाभाग्राहीहरुले पनि घर बनाएको उहाँको भनाई छ । कतिपय लाभाग्राहीको सूचीमा परेका भुकम्प पिडितहरुलाई आफु लाभग्राहीको सूचीमा परेको छु भन्ने समेत थाहा नपाएको अबस्थामा आवास निर्माण साथीले त्यसको बारेमा समेत जानकारी दिने गरेको उहाँ बताउनु हुन्छ ।

    अहिलेसम्म वडा नम्बर ७ मा सम्झौता गरेका मध्ये ९५ प्रतिसत लाभग्राही मध्ये ९० प्रतिसतले दोस्रो किस्ताको रकम लिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । यता आवास निर्माण साथीको रुपमा काम गर्दै आउनु भएकी सोही ठाउँकी सरिता कुमालले भुकम्प पिडितहरुलाई लाभग्राहीको सूचीमा परे नपरेको देखि लिएर घर निर्माण गरी सम्पन्न नहुदासम्म सहयोग गर्दै आएको बताउनुहुन्छ । ‘हामीले घर बनाउने लाभग्राहीलाई सल्लाह सहित आफुले पनि प्रत्यक्ष रुपमा नजानेको ठाँउमा यसरी गर्नुपर्छ, डण्डीहरु यसरी बङग्याउनु पर्छ, यति मात्रामा यसरी मिलाएर मसला बनाउनु पर्छ भनेर आफैले गरेर देखाउदै सिकाउने गरेका छौ कुमालले भन्नुभयो ।

    शुरुशुरुमा आफै घर बनाउन शुरु नगरेका भुकम्प पिडितको घर खोज्दै जाने गरेको भएपनि आजभोली भने घर बनाउन थालेका भुकम्प पिडितहरुले फोन गरेर समेत जानकारी लिने गरेको उहाँले बताउनुभयो । ‘भुकम्प प्रतिरोधी घर निर्माण शुूरु नगरेका भुकम्प पिडितहरुसंग छलफल गर्दा किस्ता कहिले झिक्ने, घर बनाउदा कस्ता सामाग्रीहरुको प्रयोग गर्ने भन्नेमा भुकम्प पिडितहरुमा अझै अन्यौल रहेको पाइयो,’ परियोजनाकी तारा ढकालले भन्नुभयो,‘ सहजीकरण शुरु गरेपछि लाभग्राही भुकम्प पिडितहरुलाई सजिलो काम गर्न सजिलो भएको छ ।’

    जिल्ला भित्रका अजिरकोट गाउँपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, धार्चे गाउँपालिका र गोरखा नगरपालिका भित्रका घर निर्माण शुरु नगरेका लाभाग्राही भुकम्प पिडितहरुलाई सहजीकरण प्रदान गरिदै आएको परियोजनाका जिल्ला संयोजक तारा ढकालले जानकारी दिनुभयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.