गोरखा समाचारदाता
गोरखा नगरपालिका ४ का स्थानीयलाई दालमोठ बनाउने तालिम प्रदान गरिएको छ । गुड नेवर्स इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोग र पद्धती बिकास सेवा केन्द्रको साझेदारीमा सञ्चालित पुर्नताजगी तालिमको मंगलबार एक कार्यक्रमका विच समापन गरिएको हो ।
फिनाम जनकल्याण बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष अब्दुल करिम मियाँको अध्यक्षता तथा वडा अध्यक्ष खोप बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुड नेर्वसका जिल्ला संयोजक द्रोण जिसी लगायतले मन्तव्य राखेका थिए । तालिममा स्थानीय स्तरमा पाइने सामाग्रीहरुको प्रयोग गरी निम्की, मटर फ्राई, दुनोट, बटारे मिठाई, दालमोठ लगायतका खानेकुरा निर्माणका बारेमा प्रशिक्षक दुर्गा दनुवारले सहभागीलाई जानकारी गराएका थिए । स्थानीय सामाग्री सदुपयोग गरी विभिन्न प्रकारका खाद्यवस्तु उत्पादन गर्न स्थानीय जुटेका छन् ।
तालिमले स्थानीयको आयआर्जनमा सघाउ पुरयाउनुका साथै परनिर्भता घटाउने विश्वास लिईएको पद्धती बिकास सेवा केन्द्रका लघु उद्यम बिकास अघिकृत सुनिल न्यौपानले बताए । कार्यक्रमको समापन गर्ने वडा अध्यक्ष अधिकारीले उक्त तालिमले स्थानीयको आय आर्जनमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुका साथै वडा कार्यलयले पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त तालिममा आरुघाट गाउँपालिका वडा नमबर ५ का ४, वडा नम्बर २ का २ जना र गोरखा नगरपालिका ४ का ९ जना गरी १५ जना सहभागीता रहेको थियो ।




















