मोहसिन अलि मियाँ/गोरखा
मंसिर २ गते । गत साउन यता गोरखा नगरपालिकाको न्यायिक समितिमा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छैनन् । उपप्रमुख विना कुमारी श्रेष्ठ संयोजकत्वको समितिमा साउनयता सम्बन्ध बिच्छेदका एउटा पनि मुद्धा दर्ता नभएको नगरपालिकाको भनाई छ । ‘साउन अघि त्यस्ता धेरै मुद्धा आउने गरेका थिए, घरझगडाका केश पनि धेरै आउथे’ उपप्रमुख श्रेष्ठले भनिन् ‘४ महिना भयो एउटा केश पनि आएको छैन ।’
गत साउन यता ७ वटा मुद्धा दर्ता भएकोमा तिनवटालाई मेलमिलाप गराउन सफल भएको समितिमा धेरैजसो जग्गा विवादका मुद्धा आउने गरेका छन् । पछिल्लो समय गालीगलौज, क्षतिपूर्ति माग सम्बन्धि, घरजग्गा विवाद, सार्वजानिक जग्गा विवाद लगायतका उजुरी पर्ने गरेको समितिले जनाएको छ ।
केहि समय अघिसम्म जस्तोसुकै उजुरी पनि दर्ता गर्ने गरेको समितीले अहिले भने आफ्नो क्षेत्राधिकार भित्रका मात्रै उजुरी दर्ता गर्ने गरेको बताएको छ । ‘पहिला हामीलाई अलि मेसो भएन, जस्तो उजुरी पनि दर्ता गर्थौ, अहिले दर्ता गर्नु अघि सबै केश बुझ्छौ’ उनले भनिन् ‘हाम्रो क्षेत्राधिकारमा पर्ने केश भए हेर्छौ नभए माथिल्लो निकायमा जान सल्लाह दिन्छौ ।’
साउन अघि समितिका काम हेर्ने कर्मचारी समेत थिएन तर अहिले समितिको सचिवालयमा नगरपालिकाले उजुरी प्रशासक समेत नियुक्त गरेपछि भने काम गर्न केहि सहज भएको बताइएको छ । ‘पहिला त अन्धाधुन्ध थियो, सब अलमल, केश आयो भने के गर्ने के नगर्ने अलि मेसोमेलो हुन्थेन’ समितिकी संयोजक समेत रहेकी उपप्रमुख श्रेष्ठले भनिन् ‘अहिले समितिको सचिवालयमा उजुरी प्रशासक पनि नियुक्त भएको छ, अहिले सब काम प्रकृया अनुसार नै हुन्छ ।’
तर सर्वसाधारणमा भने उजुरी गर्ने प्रकृया नै थाहा नहुदा अलमल देखिएको समितिको सचिवालयले जनाएको छ । ‘उजुरी कसरी गर्ने भनेर धेरैलाई थाहा नै नहुदो रहेछ, सबै सरासर संयोजक कहाँ जानै हतार मान्ने’ उजुरी प्रशासक विमला वाग्लेले भनिन् ‘हामीले सिस्टम बसाल्न खौज्दैछौ, तर सबैलाई बानी नपरेकाले केहि त रिसाउछन् पनि ।’
नगरपालिकाले उजुरी प्रशासक नियुक्त गरेपनि कानुनी सल्लाहकार भने अहिलेसम्म नियुक्त गरेको छैन । कानुनी सल्लाहकार नहुदा कतिपय मुद्धामा र कानुनी बिषयमा अफ्टेरो हुनेगरेको संयोजक श्रेष्ठको अनुभव छ । ‘सबै त हैन, तर केहि अवस्था र केशमा कानुनी बिषयले धेरै अफ्टेरो बनाउछ’ उनले भनिन् ‘हामी कानुनी मान्छे पनि होइनौ, त्यस्तो अवस्थामा वकिलहरुसंग छलफल गरेर केश सल्ट्याउने गरेका छौ ।’
न्यायिक समितिमा सम्बन्ध विच्छेदका मुद्धा परेन
न्यायिक समितिमा सम्बन्ध विच्छेदका मुद्धा परेन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


