- ४ मोटर साईकल र ३ बोलेरोमा क्षेति, क्षेतिको विवरण आउन बाँकी
कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर ३ गते । धादिङ्ग र गोरखा जिल्लाको सिमानामा पर्ने बुंकोट घाँटमा एकादशी मेलामा युवाहरु बिच झडप हुदाँ १ जना प्रहरी घाईते भएको छ भने ४ मोटर साईकल र ३ बोलेरोमा समेत क्षेति पुगेको छ ।
जात्रा लागि रहेको बेला एक्कासी गोरखा तर्फका कमल कुमालले क्यामुनटारबाट केही युवाहरु लिएर धादिङ तर्फका युवाहरुलाई आक्रमण गरे पछि जात्रामा ठुलै झडप भएको थियो । झडपमा धादिङ तर्फका असई समेत घाईते भएको छ । उत्त घटनामा गोरखाको क्यामुनटारमा पार्किङ्ग गरेर राखीएको ४ वटा मोटर साईकल र ३ वटा बोलेरो जिपमा समेत क्षेति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

सोमबार बिहान २:३० देखी ३ बजे सम्म भएको उत्त झडपमा परी के कति क्षेति तथा को को घाईते भएका छन भन्ने बारेमा बुझन अहिले बिहानै देखी धादिङ र गोरखा जिलल बाट ठुलो संख्यामा प्रहरी परिचालन भएको छ । प्रहरीले घटनामा संलग्नहरुको ब्यापक रुपमा खोजी गरी रहेको छ ।

दुवै समूहको युवाहरु बिच झडपमा ढुङ्गा हाना हान भएको स्थानियले बताए । गोरखा र धादिङ जिल्लाबाट सुरक्षाका लागि सामान्य प्रहरी परिचालन हुदाँ यो घटना भएको स्थानियको आरोप छ । बर्षेनी एकादशी जात्रामा ठुलो संख्यामा युवाहरुको उपस्थिती हुने जाड रक्सी खाएर झै झगडा गर्ने गर्दछन । जात्रामा लाखौंको जुवातासको खेल समेत हुने गर्दछ ।

घटनामा संलग्न कोही कसैलाई पनि दुवै जिल्लाको प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । स्थानियले दिएको जानकारी अनुसार ७ देखी ८ वटा मोटर साईकलमा क्षेति पुगेको छ । धादिङ्गको सिम्ले र गोरखाको नामजुङ्ग संग जोडीएको बुंकोट घाँटमा बर्सेनी ठुलो एकादशीको बेला मेला लाग्ने गर्दछ ।
तस्विर सन्दिप खत्रीको फेसबुक वालबाट कपी गरीएको हो




















