गोरखा समाचारदाता
पश्चिमकाली मन्दिर ब्यवस्थापन तथा विकास समितिको संयोजकमा शारदा प्रसाद भट्टराई चयन भएका छन् ।
शनिबार मन्दिर परिसरमा भएको भेलाले भट्टराईको संयोजकत्वमा ९ सदस्यिय तदर्थ समिति चयन गरेको हो । जसको सदस्यहरुमा विनोद अर्याल, टेक बहादुर थापा, गोपाल गुरुङ्ग, गोकर्ण पोखरेल, सावित्री थापा, नानुमाया थापा, सानुबाबु पाटा, सुमित्रा राना रहेका छन् ।
भेलाले गोकर्ण पोखरेलको संयोजकत्वमा ५ सदस्यिय मन्दिर सरसफाई समिति र टेक बहादुर थापाको संयोजकत्वमा ३ सदस्यिय विधान मस्यौदा समिति समेत गठन गरेको सदस्य अर्यालयले जानकारी दिएका छन् ।
गत कार्तिकको २० गते पस्लाङ्ग टोल विकास संस्थाको बैठकले भिम बहादुर बस्नेतलाई संयोजक तोकेर भेला आयोजक समिति बनाएको थियो ।


