कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक ३० गते । गोरखा सदरमुकाममा रहेको मनकामना बहिरा आवासीय माध्यामिक बिधालयमा रहेका शिक्षकहरुलाई बाल संरक्षण सम्बन्धी दिईएको तालिम सम्पन्न भएको छ ।
बिधालयको आयोजना तथा परिलक्षित नामक गैह्रसरकारी संस्थाले आर्थिक सहयोग भएको ५ दिने तालिममा बिधालयमा अध्ययनरत बाल बालिकाहरुसंग गर्ने व्यबहारमा सकारात्म्क परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा शिक्षक, कर्मचारी र बिधालय व्यवस्थापन समिमतिका पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको थियो ।
समाजमा बालबालिकालाई कसरी सरंक्षण गर्ने र बाल बालिकाहरुको घटनालाई कसरी व्यवस्थापनका गर्ने भन्ने बिषयमा तालिम केन्द्रित थियो ।
बालबालिकाको घटनामा कसरी न्याय दिन सकिन्छ, न्याय दिने निकाय कुन हो र सामाजिक सञ्जालमा बालबालिकाहरुको सुरक्षित पहुँच कसरी गराउने भन्ने जस्ता बिषयहरु तालिममा प्रदान गरिएको आयोजकले जनाएको छ ।
तालिममा बालबालिका क्षेत्रमा काम गदै आउनु भएका बालअनुसन्धान कर्ता हरिबोल गजुरेल लगायतले प्रशिक्षण गराएका थिए ।


