×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो, ७२ करोडको योजनामा भेटिँदैनन् कामदार

  •  
  • शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    नरहरि सापकोटा
    बारपाक (गोरखा) – ‘झण्डै ३० किलोमिटर भन्दाबढि सडक यतीबेलासम्म कालोपत्रे भइसक्नुपथ्यो’ बारपाकका जितबहादुर घलेले भने, ‘अहिले गोरखा बाह्रकिलोबाट झण्डै चार घण्टा समय लाग्छ, ‘पिच’ भएको भए डेढ घण्टामा पुगिन्थ्यो।’ धुलाम्य सडकमा मुख छोपेर सकसले यात्रा गर्नुपरेको उनको जस्तै गुनासो बारपाकी र उक्त सडक भएर यात्रा गर्ने अन्यको पनि छ।

    ११ किलो छेवेटार भालुस्वाँरा, बारपाक सडक आयोजनाले चार वटा प्याकेजमा ठेक्का लगाएको बारपाकसम्मको सडक चौडा गर्दै कालोपत्रे गर्ने काम कछुव गतिमा छ। गत वर्ष सम्पन्न हुनुपर्ने तीनवटा प्याकेजको काम अझै २५ देखि ५० प्रतिशत सम्म बाँकी छ। पहिलो खण्डको ९ देखि १७ किलोमिटर सम्मको काम नागार्जुन त्रिसुली जेभीले २०७१ साल असारमा जिम्मा लिएको थियो।

    १० करोड ५९ लाखमा दुई वर्षभित्र सिध्याउने गरी ठेक्का सम्झौता भएपनि अहिलेसम्म ६५ प्रतिशत मात्रै काम भएको छ। समयमै काम नगरेका कारण सडक कार्यालयले उक्त निर्माण कम्पनीलाई कालो सुचीमा राख्ने प्रक्रिया थालेको इन्जिनियर शंकर पौडेलले बताए। १७ किलोमिटरदेखि २२ सम्म दोस्रो खण्डको भने अझै समय बाँकी छ। १३ करोड ४८ लाखमा कन्काई गोरखा जेभीले २०७४ असारमा ठेक्का सम्झौता गरेको हो। उक्त योजनाको काम करिब ६० प्रतिशत पुरा भएको छ।

    २०७६ असारसम्म कालोपत्रे सक्नुपर्ने आयोजनाको कामको गती भने शुस्तनै छ। २२ देखि ३० किलोमिटरको सडक कालोपत्रे गर्ने जिम्मा पाएको लोहोनी एण्ड ब्रदर्श कन्ट्रक्सन प्रालीले २०७२ असारमा सम्झौता गरेको थियो। २०७४ असारमा सिध्याउनुपर्ने काम ४० प्रतिशत मात्रै पुरा गरेको छ। १२ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पहिलो पटक थपिएको म्याद सकिएपछि आउँदो चैत मसान्त सम्म पुन म्याद थप्ने तयारी गरिएको छ। ३० किलोमिटरदेखि बारपाक अर्थात ४६ किलोमिटर सम्मको अन्तिम खण्डको ३५ करोड ४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

    २०७५ असारसम्म सिध्याउनुपर्ने कालोपत्रे अहिले सम्म सुरु समेत भएको छैन।  रसुवा सुर्य ईलाईट जेभीले जिम्मा लिएको उक्त सडक खण्डको म्याद पनि आउँदो चैत सम्म थप्न सडक आयोजनाले प्रक्रिया अगाडि बढाएको छ। यी सडकमा कालोपत्रे सुरु नै भएको छैन। ‘कालोपत्रे सुरु भएको छैन, तर कालोपत्रे गर्नुअघिको नाला निर्माण, सडक फराकिलो बनाउने, बेस हाल्ने, पर्खाल लगाउने काम भइरहेको छ’ साईड इन्जिनियर एवं सडक कार्यालयका सुचना अधिकारी शंकर पौडेलले भने। धमाधम काम गर्ने हो भने एक वर्षभित्र चारवटै प्याकेजको काम गर्न सकिने उनले बताए।

    ‘काम गर्न समस्या छैन, ठेकेदारले काम नै नगरेको ढिला भएको हो, अहिले हामी नियमित अनुगमन र मूल्याङ्कन गरिरहेका छौँ, सुधार भएको छ’ उनले भने। सडक कार्यालयले काम भएको दावी गरेपनि हिजोआज कुनैपनि खण्डमा कामदार भेटिँदैनन्। कतैकतै मेसिनले सडक चौडा बनाएको बाहेक अरु केही देखिँदैन। दसैं, तिहार, छठको समयमा झण्डै दुई महिना कमदार अभाव देखाउँदै ठेकेदारले काम गरेका छैनन्। जेठको अन्तिमदेखि भदौसम्म वर्षातका कारण देखाउँदै काम नगर्ने ठेकेदारको हेलेचेक्राइले बारपाक सडक अलपत्र छ। कहिले निर्माण सामग्री अभावमा काम हुन नसकेको बाहना निर्माण कम्पनीलाई म्याद थप्ने आधार बन्छ।

    चारवटा प्याकेजमा बिभाजन गरेपनि बारपाक सडक एउटै खण्डको सडक कालोपत्रे गर्न संचालन गरिएको जिल्लाकै ठुलो योजना हो। भुकम्पको केन्द्रबिन्दु बारपाकसम्म जाने पर्यटकलाई पनि सडक स्तरोन्नती नहुँदा समस्या भएको छ। बारपाकका स्थानीयलाई भूकम्पपछिको पुनर्निमाण गर्न अफ्ठ्यारो छ भने महँगो भाडा तिर्नुपर्ने बाध्यता छ। बारपाक माथिको लाप्राक गाउँ अहिलेसम्म पुनर्निमाण हुन सकेको छैन।

    गैर आवासिय नेपाली संघ (एनआरएन) ले निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा ढिलो भएको बताउँदै आएको छ। जिम्मा लिएको निर्माण कम्पनीले समयमै बारपाक सडक कालोपत्रे नगर्दा चौतर्फी समस्या भएको गुनासो बारपाकीले गरेका छन्।  ठेकेदारहरु भने कार्यालयसँगको मिलेमतोमा ठेक्काको समय थप्छन् तर काम गर्दैनन्। अहिलेको गतीले बारपाक सम्म कालोपत्रे हुन अझै वर्षौँ लाग्छ।

    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.