मोहसिन अलि मियाँ/गोरखा
कार्तिक २९ गते । सडक निर्माणलाई प्रमुख प्राथमिकता दिदै डा. बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र विकासका लागि ४ करोड रकम बाँडफाँड गरेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित नयाँ शक्तिका संयोजक समेत रहेका डा. भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड रकम विनियोजन गरेका हुन् ।
बुधबार जिल्ला समन्वय समिति गोरखाको कार्यालयमा उपस्थित भई पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई सहित गोरखा २ कै राष्ट्रिय सभा सदस्य सुरेन्द्रराज पाण्डे र प्रतिनिधी सभा सदस्य चुडामणी खड्का सम्मिलित बैठकले योजना बाँडफाँड गरेको हो । कार्यक्रम परामर्श समितिबाट प्राप्त भएका राय सुझावका आधारमा योजना तथा कार्यक्रमहरु बजेट सहित छनौट गरी स्विकृत गरिएको डाक्टर भट्टराइले बताएका छन् । ‘हामीले पहिलो प्राथमिकता सडकलाई दिएका छौ, अझै धेरै ठाउँमा ट्राक समेत पु¥याउन बाँकी छ, सडक विना विकास सम्भव छैन’ डा. भट्टराईले भने ‘मैले चाहेको भए म एक्लैले बजेट बाँड्न सक्थे, तर मैले हाम्रो क्षेत्रका अरु दुइ दलका सांसद साथीहरुलाई समेत राखेर योजना बनाएको छु ।’
जसअन्तरगत सिरानचोक र अजिरकोटको दुधपोखरी मार्गको सिम्ले केराबारी–नेपाने–भिरसिं–बुधसिं खण्डमा नयाँ सडक ट्रयाक खन्नका लागि ६० लाख, वारपाक सुलिकोटको कुलगाँउ–पोखरी–स्नानगाउँ–मान्द्रे खण्डमा नयाँ सडक ट्रयाकका लागि ६० लाख रकम विनियोजन भएको छ । त्यस्तै पालुंटारको सभा चौतारो–राउतेपानी–आँपपिपल अस्पताल सडक स्तरोन्नतीका लागि ३५ लाख, गोरखा नगरपालिकाको मझुवा–सिम्ले–गोप्लिङ हुदै अकला मन्दिर जान नयाँ सडक ट्रयाक खन्न २० लाख, शिखरडाँडाँ नौ किलो स्याउली खानेपानी योजना निर्माणका लागि ३५ लाख रकम छुट्याइएको बताइएको छ ।
यसैगरी चेपे लिगलिगकोट लिफ्टिङ खानेपानी आयोजनााक लागि १५ लाख, सिरानचोकको खर्कटार कुलो सिंचाई योजनाका लागि १० लाख, पालुंटारको ज्योती चौतारा–खोप्लाङ भञ्ज्याङ–चापा भञ्ज्याङको सडक स्तरोन्नतीका लागि १५ लाख रकम बिनियोजन गरिएको छ । त्यस्तै चम्पाखोला खानेपानी आयोजनाका लागि १८ लाख, सातदोबाटो–बागडाँडाँ–पन्थिनी–गाइखुर सडक स्तरोन्नतीका लागि १५ लाख, अजिरकोटको झाँकेखोला सिंचाई आयोजनामा १० लाख रकम बिनियोजन भएको बैठकको निर्णयमा उल्लेख छ ।
यसैगरी बारपाक सुलिकोटको मैलुङ–जराङमा नयाँ सडक खन्नका लागि १५ लाख, चन्द्रकला निमावीको भवन निर्माणमा १० लाख, पालुंटारको डाँडाँगाउँ खानेपानी योजना निर्माणका लागि १० लाख, कटहरे–सुन्तले हुदै चापा भञ्ज्याङ्ग जाने सडक मर्मतका लागि १० लाख छुट्याइएको छ । यस्तै सिरानचोकको नयाँ चौतारो–आरुबोटे–सालबोट हुदै हर्मि सडक स्तरोन्नतीका लागि १५ लाख, गोरखा नगरपालिकामा निर्माण भइरहेको बहुउदेश्यीय सामुदायिक भवन निर्माण सम्पन्न गर्न १५ लाख, मनकामना बहिरा आवासिय माविको कम्पाउण्ड गर्न १० लाख रकम बिनियोजन भएको छ ।
त्यस्तै सातदोबाटो–बिर्दी सडक स्तरोन्नती गर्न १० लाख, सिरानचोकमा बन्दै गरेको कृषि उपज संकलन केन्द्र भवन निर्माण सम्पन्न गर्न १० लाख रकम छुट्याइएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा भएको बैठकमा प्रदेश सांसद हरिशरण आचार्य, धनमाया लामा, जिससका पदाधिकारी, क्षेत्र नम्बर २ मा पर्ने स्थानीय तहका प्रमुख लगायतको समेत उपस्थिती रहेको थियो ।
सडक निर्माणलाई जोड दिदै डाक्टर भट्टराईले बाँडे ४ करोड
सडक निर्माणलाई जोड दिदै डाक्टर भट्टराईले बाँडे ४ करोड
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


