कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २८ गते । गोरखा बजारको आहाले नजिकै वुधबार बिहान मोटर साईकलले ठक्कर दिदाँ २ जना स्कुले बालिका घाईते भएकी छिन् । घाईते दुवैको गोरखा अस्पतालमा उपचार पछि घर फर्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गोरखा नगरपालिका ८ को आहाले बजार नजिकै ध्याम्पेशाल देखी गोरखा बजार तर्फ आउदै गरेको ग.१५ प ३१७२ नम्बरको मोटर साईकलले आहाले बजारमा रहेको सस्वती माविमा अध्ययन गर्न जादै गरेकी शहिद लखन गाउँ पालिका घर भै गोरखा बजार बस्ने बर्ष १८ की बिनीता थापा मगर र ताकु घर भै गोरखा बजार बस्ने बर्ष १६ कि प्रियंका बरामलाई ठक्कर दिएर घाईते बनाएको थियो ।
बिहान ९ः३० बजे भएको उत्त घटनामा परी दुवै बालिकाको हातमा चोट लागेको थियो । दुरघटनामा संलग्न मोटर साईकल चालक सुलिकोट गाउँ पालिका ७ का बिक्रम गुरुङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


