कार्तिक २८ गते । काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङमा मंगलबार राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ की मोतीसरा भुजेलको मृत्यु भएको छ ।
बा.१० प ५१९१ नं को कार र बा.२ ज ३१५ नंम्बरको ट्याक्सी एका आपसमा ठोक्किँदा ट्याक्सीमा सवार गोरखाकी भुजेल गम्भीर घाइते भएकी थिईन । घटना पछि स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार गराई रहेकी उनको बुधबार बिहान मृत्युभएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ ।
ट्याक्सीमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


