कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २८ गते । मंगलबार गोरखा जिल्लाको चौध किलोमा मोटर साईकलको ठक्कर लागेका ६० बर्षिय बृद्वको मृत्यु भएको छ ।
गोरखा नगरपालिका १० को चौध किलोमा मंगलबार साँझ ६:३० बजे बा. ३७ प ६९०१ नम्बरको मोटर साईकलले ठक्कर लागेका गोरखा जिल्ला सिरानचोक गाउँ पालिका ४ का हर्क बहादुर लामाको उपचारको क्रममा चितवनको सिएमसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
मोटर साईकल मार्फत बाह्र किलो बजार देखी गोरखा तर्फ आउदै गरेको लामाको टोपी सडकमा खसे पछि टिप्ने क्रममा गोरखा बजार देखी बाह्र किलो बजार तर्फ गएको पुलामीले चलाएको मोटर साईकलले ठक्कर दिएको थियो ।
साँझ ठक्कर लागेका लामालाई गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि चितवनको सिएमसी अस्पताल लगिएको थियो । लामाको उपचारको क्रममा मृत्यु भएको हो ।
मोटर साईलक चालक गोरखा जिल्ला सिरानचोक गाउँ पालिका ६ निवासी सुजन पुलामीलाई प्रहरीले मंगलबार राती नै नियन्त्रणमा लिएको छ ।




















