नरेन्द्र ढकाल/गोरखा
कार्तिक २६ गते । उत्तरी गोरखामा सामान ढुवानी गर्ने प्रमुख साधन खण्चड हो । अन्य सवारी साधन पुग्न नसकेको त्यहाँ घच्चडबाट ढुवानी गरेका सामानले स्थानीयको दैनिकी चल्छ । सो क्षेत्रमा झण्डै ५ हजार घोडाखच्चड पालिदै आएको छ । एउटा समूहमा १० देखि २० सम्म खण्चड हुन्छन् । ति खच्चड धपाउनेहरु अधिकाशं बालबालिका छन् । ‘आठ कक्षा पढ्दै थिए, पढ्न मन लागेन छोडेर खच्चड धपाउन थालेको’ लापुबेसीमा भेटिएका गोकुल बिकले भने । उमेरले भर्खर १५ वर्ष लागेका गोकुलको दैनिक खच्चडसँगै बित्छ । महिना भरी खचण्ड धपाए बापत उनीले महिनाको २० हजार कमाउँछन् । ‘खच्चड त साहुको हो, हामीलाई तलब दिन्छ’ उनले भने ‘महिनाको २० हजार कमाई हुन्छ ।’ अहिले सोतीबजारसम्म गाडी चल्ने भएकाले त्यहाँबाट माथि खच्चडको काम सुरु हुन्छ । हुन त माछाखोला सम्म पनि गाडी चल्छ । सडकको ट्रयाक खोल्ने काम भइरहेकाले सेनाको स्वीकृतीमा मात्र गाडी चलाउन पाइन्छ । सोही कारणले धेरै जसोले आरुघाट र आरखेतबाट पनि सामान ढुवानी गर्ने गर्छन । त्यहाँ जति खच्चडका बथान देखिन्छन, अधिकाशं किशोर गोठालाहरु नै भेटिन्छन् । पढ्न छोडेर यो पेशा गर्न थालेका उनीहरु भिरको बाटो जोखिम मोलेर काम गरिरहेका छन् । ‘काम गर्न त त्यत्ति गाह्रो हुँदैन’ उनले भने ‘तर बाटो भने अफ्ठेरै छ, हिड्न भने गा¥हो छ ।’ 
गोकुल ११ वटा खच्चडका गोठालो हुन् । उनको दैनिकी भनेको विहान उठ्ने खच्चडलाई भारी बोकाउने, दिन भरी धपाउने, साँझ परेपछि भारी बिसाएर बास बस्ने र भोली फेरी उठेर सोही अनुरुप गन्तव्य तर्फ लाग्ने । ‘कहिले ७ दिनमा पुगिन्छ, कहिले १/२ दिनमा’ उनले भने ‘ठाउँ हरेर हुन्छ ।’ दिनभर खच्चड धपाउने गोकुलले साँझ बिहान ग¥ह्रौ भारी लोडअनलोड पनि गर्नुपर्छ । पढाई छोडेर खच्चड धपाउन थालेका गोकुललाई भविष्यको धेरै चिन्ता छैन । उनले भोली के बन्ने भन्ने पनि सोचेका छैनन् । ८ कक्षा पढ्दा पढ्दै छोडेर खच्चड गोठालो बनेका उनलाई खच्चड साहु बन्ने रहर छ । ‘काम गर्दै जाम भोली के हुन्छ थाहा छैन्’ उनले भने ‘सकियो भने खच्चड साहु नै बनिन्छ की ?’ उत्तरी गोरखामा सडक सञ्लालले जोड्नका लागि काम भइहेको छ । अहिले माछाखोला सम्म सवारी साधान पुग्न थालेको छ । नेपाली सेनाले आरुघाट लार्केभञ्जाङ सडकको धमाधम ट्रयाक खोल्ने काम गरिरहेको छ । ‘बाटो खुलेपछि त हाम्रो पनि काम नआउला’ उनले भने ‘बिकास त हुनै प¥यो नी, अब हेर्दै जाम के के पेसा हुन्छ, जे आइपर्छ त्यही गर्नुपर्ला ।’
गोकुल जस्तै थुप्रै बालबालिकाहरु सो क्षेत्रमा बाल श्रम गर्न बाध्य छन् । राम्रो कमाईको प्रलोभनमा उनीहरु पढाई छोडेर खच्चड धपाउने, होटलमा काम गर्ने गरेको पाइन्छ । कतिपयले भने पर्यटकको भारी बोक्ने काम गर्छन् । गरिबीको चरम समस्या रहेको धार्चे र चुमनुब्री गाउपालिकाका अभिभावकले चेतनाको अभावमा छोराछोरीलाई पढ्न भन्दा काम गर्न पठाउने गर्छन ।
पढ्न छोडेर खच्चड गोठालो
पढ्न छोडेर खच्चड गोठालो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


