कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २५ गते । गोरखाको गण्डकी गाउँपालिका ७ को ज्यामिरे भन्ने स्थानमा शुक्रबार राती ८ बजे आगलागि हुदाँ १८ लाख बजारको क्षेति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
आग लागिबाट दिपक रेग्मीका र निर्मला रेग्मीको घर पुर्ण रुपमा नष्ट भएको छ । दिपक रेग्मीको घरबाट भएको आगलागिले निर्मलाको घर समेत नष्ट भएको थियो ।
प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार दिपक रेग्मीको घरमा रहेको नगद १ लाख ५० हजार, अन्नपात र भाडा वर्तन गरी १० लाख बरावरको क्षेति भएको छ भने निर्मला रेग्मीको नगद ८० हजार र ६ तोला सुन सहित ७ लाख ५३ हजार वरावरको क्षेति भएको छ । आग लागि बाट कुनै पनि मानविय क्षेति भएको छैन ।




















