कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २० गते । गोरखा नगरपालिकाबाट गएको १३ दिन देखी वेपत्ता रहेका रामजी रम्तेल जंगलमा मृक्त फेला परेका छन ।
गोरखा नगरपालिका ७ बस्ने ४५ बर्षिय रम्तेल गएको ८ गते देखी घरबाट एक्कासी बेपत्ता भएका थिए । परिवार तथा प्रहरीले ब्यापक रुपमा खोजतलास गर्दा रम्तेललाई मंगलबार गोरखा नगरपालिकाकै ५ मा रहेको धारापानी खोला मृक्त फेला पारीएको थियो ।
बिहान ८ बजे फेला परेको उनको मृक्त शरिरमा औंसा किरा परी सडीगली दुर्गन्धीत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घटनाको बिषयमा आवश्यक अनुसन्धान भै रहेको कार्यालयले जानकारी गराएको छ ।




















