गोरखा समाचारदाता
गोरखाको आरुआरवाङ, थुमि र मान्बुमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गुडनेर्वस इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोग र पद्धति बिकास सेवा केन्द्रको साझेदारीमा सञ्चालित समुदाय बिकास कार्यक्रम अन्र्तगत उक्त शिविर गरिएको हो ।
छुट्टाछुट्टै रुपमा भएको शिविरमा आरुघाट गाउँपालिकाका पशु चिकित्सक, डाक्टर जिवन पोखरेल पशुहरुको जाँच गर्नुका साथै औषधी समेत सिफारिस गरेका थिए । शिविरमा गाई, भैसी, गोरु, कुकुर, खच्चड लगायत गरी २५५ भन्दा बढि पशुचौपायको स्वास्थ्य परिक्षण गरिएको लघु उद्यम बिकास अधिकृत सुनिल न्यौपानेले जानकारी दिए ।
आरुघाट गाउँपालिका भित्रका १६२ वटा पशुको निशुल्क गोबर परिक्षण गर्नुका साथै औषधी समेत वितरण गरिएको थियो । सोही अबसरमा किसानहरुलाई आवश्यक परामर्श समेत दिइएको न्यौपानेले बताए ।




















