गोरखा समाचारदाता
नेपाल स्वास्थ्यकर्मी सघं गोरखाले पालुंटार कार्यसमिति चयन गरेको छ । शनिवार भएको भेलाले सुनिलजंग ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षहरुमा रचना श्रेष्ठ, अनिल चौधरी, इश्वरी गिरी, कमला देवकोटा, सचिवमा भरतराज पाण्डे, कोसाध्यक्षमा महेन्द्र पन्त, सहसचिवमा शुसिला सुनार चयन भएका छन् । यसैगरी सदस्यहरुमा मनिसा श्रेष्ठ, सविना कुमाल, सरस्वती सुवेदी, एक बहादुर बिक र प्रतिक्षा देवकोटा रहेको जिल्ला अध्यक्ष सरद श्रेष्ठले जानकारी दिए ।
सोही अबसरमा शुभकामना आदानप्रदान तथा चियापान समेत भएको छ । स्वास्थकर्मी सघंका जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष रामजी घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती हरिबहादुर घले, पालुंटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापती गोबिन्द गुरुङ, बिमल ढकाल, दिपेन्द्र गिरी, भगवती घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


