गोरखा समाचारदाता
उत्तरी गोरखाको रहेका घोडा खच्चडहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
ब्रुक युकेको आर्थिक सहयोगमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखराद्धारा दिगो अश्व कल्याणका लागि मानव आचरण रुपान्तरण र कार्यपद्धती सुधार परियोजनाले आरुघाट गाउँपालिकाको आरुघाट बजार, आरखेत र धार्चे गाउँपालिकाको माछा खोलामा शिविर सञ्चालन गरेको हो । शिविरमा कुल ६ सय ५६ वटा खच्चडको स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य जाँच भएका खच्चडहरुमा लङ्गडोपन, आँखा, छाला तथा स्वासप्रस्वास सम्बन्धि समस्या देखिएको डा. निरन अधिकारीले बताए । सोही अबसरमा खच्चड पालक कृषकहरुलाइ घोडा र खच्चडको उपचार सम्बन्धि एकदिने क्षमता अभिवृद्धि तालिम पनि प्रदान गरिएको थियो । आर्खेत, सोती र माछाखोलामा पशुकल्याण सम्बन्धि सन्देशमूलक बोर्ड पनि राखिएकोे अधिकारीले बताए ।




















