×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पर्यटकको गन्तव्य बन्दै ऐतिहासिक लिगलिगकोट

  •  
  • आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    कात्र्तिक १८ गते । नेपालको राज्यको उद्गम स्थल गोरखाको लिगलिकोटमा पर्यटकको चलहपल बढेको छ । दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्नका लागि लिगलिगकोट आउन थालेको लिगलिगकोट बिकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए । ‘घुम्न आउनेहरु बढेका छन’ उनले भने ‘विदेशी पर्यटकहरुको पनि राम्रो उपस्थिती हुन थालेको छ ।’ अहिले दिनहुँ ठुलो संख्या विद्यार्थीहरु घुम्न र वनभोजका लागि लिगलिगकोट पुग्ने गरेका छन् । जिल्ला भित्र र देशका विभिन्न ठाउँमा आएका विद्यार्थीहरुले नेपालको उद्गम स्थल लिगलिगकोटको अवलोकन गर्ने, आवश्यक जानकारी लिने गर्छन् । ‘यो सिजनमा धेरै विद्यार्थीहरु आउनु हुन्छ’ अध्यक्ष रानाले भने ‘कतिपय घुमेर मात्र फर्कनु हुन्छ भने कतिले पिकनिक समेत गरेर जाने गर्नुभएको छ ।’ यस अघि आन्तरिक पर्यटकको मात्र उपस्थिती रहेको लिगलिगकोटमा उल्लेख्य मात्रमा बाह्य पर्यटकहरु समेत आउन थालेका छन् ।

    उनीहरुले नेपालको इतिहास बारे जानकारी लिनुका साथै पालुंटारबाट लिगलिगकोटसम्म पदयात्रा गरेर फर्कने गरेका रानाले बताए । ‘पहिले विदेशी पर्यटकहरु त्यत्ति आउनुहुन्थेन, पछिल्लो समय यो क्रम पनि बढेको छ’ उनले भने ‘बिस्तारै लिगलिगकोट विदेशी पर्यटकको रोजाईमा पर्न थालेको छ ।’ पर्यटकको संख्या वृद्धि भएपछि उनीहरुका लागि आवश्यक पुर्वाधार निर्माण पनि स्थानीय सक्रिय भएका छन् । अवलोकन र पिकनिकका लागि त्यहाँ जानहरुकोलाई लक्षित गरी पिकनिक स्पोट निर्माण गरिएको छ । ‘उहाँहरुको लागि हामीले पिकनिक स्पोट निर्माण गरिदिएका छौं’ उनले भने ‘खानेपानी, विजुली सबैको प्रबन्ध गरिएको छ ।’ पर्यटकको उल्लेख्य उपस्थिती हुन थालेपछि होमस्टे सञ्चालनको तयारी समेत गरिएको छ ।

    घुम्नका लागि त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरी केही दिन भित्र होमस्टे सञ्चालनमा ल्याउन लागिएको रानाले बताए । ‘सुरुमा ४-५ घरबाट पाहुना राख्न सुरु गर्छाै’ उनले भने ‘अहिलेको तयारी ३०-४० जनासम्म राख्ने छ, पर्यटक संख्या वृद्धि भए अरु घरमा पनि बिस्तार हुन्छ ।’

    नेपालकै ऐतिहासिक गोरखाको लिगलिगकोटलाई आकर्षक गन्तव्य बनाउनका लागि पहल भइरहेको छ । प्रदेश सरकारले संग्रालय निर्माणका लागि बजेट विनियोजन गरेको छ भने पुरातत्वले वर्षेनी विभिन्न संरचना निर्माण गरिरहेको छ । पालुंटार नगरपालिका, स्थानीय वडा कार्यालयले पनि आवश्यक पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरेको बताएका छन् । लिगलिगकोट बिकास अभियानको आयोजनामा वर्षेनी लिगलिगे दौड समेत आयोजना हुने गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.