कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक १६ गते । नेपाली काँग्रेस गोरखाले हिन्दु नेपालीहरुको चाढ वढा दसैं, दिपावली र छटको अवशरमा आयोजित चियाँपान कार्यक्रम सकिएको छ ।

चियाँपान कार्यक्रममा नेकपा तथा नयाँ शक्ति पार्टीका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

चियाँपान कार्यक्रममा सहभागी हुन राजधानी देखी राष्ट्रिय सभाका सुरेन्द्रराज पाण्डे, नेपाली काँग्रेसकी नेतृ कमला पन्तका साथै मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार समेतको सहभागीता रहेको थियो ।

त्यस्तै गरी उत्त कार्यक्रममा सहभागी हुन प्रदेश साँसद प्रकाशचन्द्र दवाडी र मनकुमारी गुरुङ्ग समेतको उपस्थिती रहेको थियो ।





















