गोरखा समाचारदाता
नेपाल शिक्षक महासंघ गोरखा आन्दोलनमा उत्रेको छ । बिभिन्न ३० भन्दा बढि माग राख्दै महासंघले आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको जिल्ला सचिव श्यामप्रसाद लामिछानेले बताएका छन् । बुधबार महासंघका जिल्ला अध्यक्ष ध्रुवकुमार भट्टको अध्यक्षतामा बसेको बैठकले केन्द्रले घोषणा गरेको तेस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।
यस अघि माग पूरा गराउन दुई चरणको आन्दोलन गर्दा समेत सरकारले सुनुवाई नगरेको भन्दै जिल्लाभरका शिक्षकले विद्यालयमा पठनपाठन ठप्प बनाई आन्दोलनाम जाने निर्णय गरेको सचिव लामिछानेले बताएका छन् । जसअन्तरगत शिक्षक महासंघले जिल्ला स्तरमा र स्थानीय स्तरमा समेत आन्दोलन परिचालन समिति गठन गर्ने बताएको छ ।
त्यस्तै शैक्षिक संवाद समितिलाई जिल्लाको हरेक समस्या समाधान गर्न महासंघसंगै कृयाशिल बनाउने बैठकले निर्णय गरेको छ । यसैगरी जिल्ला परियोजना कार्यान्वयन इकाई गोरखाका गतिबिधि केन्द्रित आन्तरकृया संचालन गर्ने लगायतका कार्यक्रम रहेको महासंघका जिल्ला सचिव लामिछानेको भनाई छ ।


